पूर्वी नवलपरासीमा आइतबार एकै पटक २६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले आइतबार कोरोना भाइरसलाई जितेका हुन् ।
मध्यबिन्दु जिल्ला अस्पतालमा रहेका ४ मध्ये ३ जनाको रिपोर्ट नेगेटिभ आएकाले कावासोती वडा नं. १, देबचुली वडा नं. १५ र बिनयी–त्रिबेणी वडा नं. १ का गरी ३ जना पुरुषलाई डिस्चार्ज गरिएको अस्पतालका कोरोना स्रोत ब्यक्ति डा. पुस्कल पौडेलले जानकारी दिनुभएको छ ।
यस्तै, प्राकृतिक चिकित्सालयबाट मध्यबिन्दु १३ का ३ जना, ६ का १ जना, ७ का २ जना, ८ का १ जना, ९ का १ जना, १ का १ जना र ११ का १ जना गरी १० जना, कावासोती ३ का १ जना र हुप्सेकोट २ का ६ जना, ६ का ४ जना, ५ र ४ का १–१ जना गरी १२ जना संक्रमणमुक्त रहेको रिपोर्ट सिट सहित डिस्चार्ज गरिएको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिनुभएको छ । आज डिस्चार्ज हुने सबै पुरुष छन् ।
अव जिल्ला अस्पतालमा देबचुली ११ का एक जना आईशोलेशनमा छन् ।उनको रिपोर्टको नतिजा नआईसकेको अस्पताल स्रोतले जनाएको छ । यो सहित नवलपुरबाट डिस्चार्ज हुनेको संख्या ४० पुगेको छ । यहाँ संक्रमित हुनेको संख्या २ सय १८ छ ।
अव प्राकृतिक आईशोलेशनमा १७९ जना छन् । जसमध्ये १ जना स्याङजाका र १ जना तनहुँका संक्रमित समेत यही आईशोलेशनमा छन् ।
देबचुली १ का भरतपुरबाट परीक्षणबिना डिस्चार्ज भएका एक युवक समेत यहाँकै आईशोलेशनमा छन् । प्राकृतिक आईशोलेशनमा बसेका ती युवकको पनि पुनः परीक्षणको रिपोर्ट नआईसकेको चिकित्सालय स्रोतले बताएको छ ।
यस्तै भरतपुरले डिस्चार्ज गरेपछि घरमै क्वारेन्टाईनमा बसेका एक ब्यक्तिमा अझै पनि कोरोना पोजेटिभ देखिएको छ । ती ब्यक्ति घरमै क्वारेन्टाईनमै छन् । पहिलो पटक संक्रमण पुष्टि भएका दिनले ती ब्यक्तिमा संक्रमण रहिरहेको आज ४६ दिन पुगेको छ ।