२२ जेठ, काठमाडौं । पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम चाँदी जम्मा भएको विवरण अध्ययन समितिले दिएको छ ।पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी त्यहाँ संकलित छ । समितिका अनुसार यो २०१९ देखि २०७५ सम्मको विवरण हो ।२०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त नभएको समितिले जनाएको छ । नगद मौज्दाततर्फ एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा विभिन्न बैंकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो रकममध्ये एक अर्बको अक्षय कोष निर्माण गरिएको छ ।पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो ।उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो । समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।