देवचुली,
कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको बेलामा नेपाल पनि अछुतो भने छैन । यस भाइरसबाट बच्नको लागि नेपाल सरकारले देशलाई नै करिब ३ महिना देखि लकडाउनमा राखिरहेको छ । लकडाउनले गर्दा विद्यालय, कलकारखाना, उद्योग, पसलहरु बन्द रहेका थिए जसले गर्दा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरुलाई भने निकै समस्या परेको छ । विपन्न वर्गमा मात्र नभई लकडाउनको प्रत्यक्ष असर बन्द व्यापारमा पनि परेको छ ।
लकडाउन खुकुलो भए सँगै देश सहित नवलपुरको देवचुली नगरपालिकामा पनि पसलहरु संचालनमा आएका छन् । ठुला ठुला होटल, बार, सवारीसाधनहरु सञ्ंचालनमा नआए पनि स–साना पसलहरु भने सामाजिक दुरी कायम गर्दै, माक्स र सेनिटाईजर प्रयोग गरी आनो व्यवसाय संचालन गर्न थालेका छन् । व्यवसाय संचालन गरे पनि लकडाउनले गर्दा सोचे जस्तो व्यापार हुन नसकेको देवचुली १३ को एसिका ईन्टरप्राईजेजका प्रोपाइटर हरि चन्द« भट्टराईले बताउनुभयो । लकडाउन भन्दा पहिले र अहिलेमा ग्राहकहरुको उपस्थितीमा धेरै फरक रहेको भट्टराई बताउँछन् ।
कोरोना भाइरस महामारीले व्यापार व्यवसाय मात्र नभई सर्वसाधारणलाई नै आनो आयआर्जनमा पनि निकै नै अठ्यारो परेको फोरसिजन सुज सेन्टरका प्रोपाईटर चन्द« ज्योती लम्सालले बताउनुभयो । लकडाउन भए पश्चात पनि नेपाल सरकारले गर्नुपर्ने कुनै काम नगर्दा व्यापार व्यवसायमा निकै क्षति भएको अपिल मोबाईल सेन्टरका प्रोपाईटर अपिल जोशी बताउनुहुन्छ । लकडाउन खुकुलो भए पछि पनि व्यापार नभएको उहाँ बताउनुहुन्छ ।
स्थानीय तह तथा बजार व्यवस्थापनले व्यापार गर्ने व्यापारीहरुको लागि केही राहतको व्यवस्था गरे थप सहज हुने घले आँखा उपचार केन्द«का संचालक गोविन गुरुड्डले गुनासो गर्नुभयो ।
लकडाउन खुकुलो भएर पसल खोल्ने काम मात्र भएको तर व्यापार भने एक रुपैया पनि नभएको अर्र्का व्यवसायी साझा इलेक्टोनिक्सका प्रोपाईटर ईन्द« घिमिरेले बताउनुभयो ।
लकडाउनले चौतर्फी मार परिरहेको बेलामा देवचुलीका व्यवसायी पनि निराश देखिन्छन् । व्यपार व्यवसायमा परेको क्षति न्युनिकरणका लागि उद्योग वाणिज्य संघ र बजार व्यवस्थापन समितिले पहल कदमि लिनुपर्ने व्यवसायीहरुको सामुहिक माग रहेको छ । लकडाउनले व्यवसायी पलायन हुने अवस्था आएको भन्दै सम्बन्धीत सरोकारवालाहरु, स्थानीय निकायले राहतको व्यवस्था गरिनुपर्नेमा देवचुलीका व्यवसायीहरुले जोड दिएको छन् ।