चितवन, संजाेग कुमार क्षेत्री
कोरोना भाइरसको रोकथाम र उपचार मध्येका दुई वटा मुख्य कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता तथा तनाव व्यवस्थापन हो । चिकित्सा शास्त्रमा यसको कुनै भ्याक्सिन पनि छैन नत औषधि नै । अस्पतालमा गरिने उपचार भनेको देखिने लक्षणहरुको तथा यदि बिरामीमा कुनै जटिल समस्या देखिएमा जीवन बचाउने उपचार ( life saving treatment) मात्रै हो । बिना औषधि तथा भ्याक्सिन बिरामीहरु ठिक हुनुको एक मात्र कारण भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता हुनु नै हो । जसको रोग प्रतिरोधात्मक क्षमता बलियो छ, उसले सजिलै यस रोगबाट विजय प्राप्त गर्दछ ।
अर्कोतर्फ कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनेहरुलाई जटिल समस्या देखिन सक्छन् । त्यसैले रोग प्रतिरोधात्मक क्षमता बढाउनु अति आवश्यक छ । अर्कोतर्फ अहिलेको अवस्थामा विभिन्न कारणहरुले गर्दा सर्वसाधरणहरु तथा कोरोना संक्रमितहरुमा मानसिक तनावको अवस्था एकदमै बढेर गइरहेको छ । मानसिक तनावका कारणले धेरै जनाले आत्महत्या गरेका समाचार सुन्दै आइरहेका छौं । तसर्थ तनाव व्यवस्थानको सन्दर्भमा एकदमै आवश्यक देखिन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु तथा तनाव व्यवस्थापनको सर्वोत्तम उपाय योग नै हो । योगको साथमा अन्य केही प्राकृतिक तरिकाहरु पनि अपनाउन सकिन्छ ।
योगले रोग प्रतिरोधात्मक क्षमता बढाउने र तनाव व्यवस्थापनमा सहयोग गर्नु बाहेक फोक्सोको कार्यक्षमता बढाउँछ । श्वास लिँदा प्रयोग हुने मांसपेशीहरुलाई बलियो बनाउँछ । दिर्घरोगहरु जस्तैः उच्च रक्तचाप, मधुमेह, दम आदीलाई नियन्त्रण गर्नमा सहयोग गर्छ । निन्द्रालाई गहिरो बनाउँछ । शरीरमा स्फूर्तिको विकास हुन्छ । पाचन प्रक्रिया राम्रो हुन्छ । मनलाई शान्त बनाउँछ । शरीरमा प्रचुरमात्रामा अक्सिजनको पूर्ति हुन्छ, सकरात्मक सोँचको विकास हुन्छ । योग तथा प्राकृतिक चिकित्सा पद्धति Asymptomic र Symptomatic हुने अवस्थामा विरामीको निदानका लागि उपयोगी रहेको छ ।
- यो चिकित्सा पद्धतिले ‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी’ गराउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ भने रोग प्रतिरक्षात्मक प्रणालीलाई पनि मजबुत बनाउने गर्दछ ।
- योग तथा प्राकृतिक चिकित्सा पद्धतिमा आधारित रहेका निम्न कुराहरुमा ध्यान दिन र उपयोग गर्न सकेमा (कोभिड–१९)सँग लड्नसक्ने रोग प्रतिरक्षात्मक प्रणाली राम्रो हुने मात्र नभएर त्यसबाट उत्पन्न तनाव व्यवस्थापनमा पनि सहयोग पुग्दछ ।
१. सरसफाई
साबुनपानीले मिचिमिची २०–२५ सेकेण्ड हातधुने र सम्भव भएसम्म दैनिक पाँच–सात पटक सो प्रकृया दोहोर्याउने ।
सामाजिक दुरी कायमगर्ने, जस्तै अङ्गालो हाल्ने, हातमिलाउने, ढोग्नेजस्ता काम नगर्ने ।
सार्वजनिक स्थलमा थुक्ने, मलमुत्र विषर्जन गर्ने क्रियाकला निषेध गर्ने ।
सकेसम्म हातले नाक, मुख, आँखा छुने काम नगर्ने ।
२. प्राकृतिक भोजन (आहार)
प्रशस्त मात्रामा रेसादार परिकारहरु जस्तै गहुँ, मकै, कोदो, फापर, गेडागुडी, हरियो साग, सब्जीबाट बनाइएका परिकार खाने । घरायसी भान्सामा प्रयोग गरिने मसलाहरु जस्तै : लसुन, प्याज, अदुवा, मरिच, ल्वाङ, ज्वानो, टिमुर, दालचिनी, बेसारजस्ता प्राकृतिक औषधीय गुण भएका हर्बस् प्रयोग गर्ने । जसले गर्दा रोग प्रतिरक्षात्मक प्रणालीलाई वृद्धि गर्दछ र श्वासप्रश्वास प्रणालीलाई सजिलो पार्दछ । हर्बल चिया, तुलसी चिया, अदुवा चिया वा हर्बल डिक्सन बनाएर नियमित बिहान र साँझ खाने गराैँ।
प्रशस्त मात्रामा झोलिलो गेडागुडीको रस खाने गरौँ । भिटामिन सी, एण्टी अक्सिडेन्ट पाइने खाना, भिटामिन बि १२ भएका मल्टस् भिटामिनयुक्त परिकार जस्तैः अमला, कागती, ठूलो खोर्सानी, मौसमी, सुन्तला, अङ्गुर, काँक्रा आदि सलादको रुपमा होस् वा जुसको रुपमा प्रयोग गरौँ ।
रक्सी, चुरोट, खैनी, सुर्ती नखाऔँ ।
माछा, अण्डा, मासु,तारे, भुटेका खानेकुरा अत्यन्त कमखाने गरौँ ।
३.याेग
आशन, प्राणायम र ध्यान नियमित रुपमा गर्ने गरौँ । जसले गर्दा तनाव व्यवस्थापन र इम्युनिटी बढ्ने गर्दछ ।
सरल किसिमका ब्यायाम ९इण्डोर खेलकुद० सूर्य नमस्कार, सुक्ष्म व्यायाम, शरीरका जोर्नी चलाउने, मांशपेशी तन्काउनेजस्ता कार्यहरु नियमित गरौँ ।
दैनिक सूर्य किरण स्नान ९सन वाथ० बिहान ६–१० भित्र कम्तिमा ३० देखि ४० मिनेट लिने गरौँ । जसले गर्दा भिटामिन डि–३ को मात्रा शरीरमा दिने गर्दछ ।
शारीरिक शुद्धीकरणका लागि अनुहारको वाफ उष्णपाद स्नान, कुन्जल, जलनेतीजस्ता यौगिक शुद्धीकरण विधि घरमै अपनाउन सकिने छ ।
दैनिक मनतातो दूधसँग आधा चिम्टी बेसार मिलाएर खाने गरौँ ।
बेलुकाको भोजन सुत्नु भन्दा करिब दुई घण्टा अघि खाने गरौँ ।
अन्ततः कोभिड–१९ सँग लड्नको लागि मानसिक तनाव र रोग प्रतिरक्षात्मक प्रणालीलाई नै मजबुद गराउनुपर्ने हुँदा आफू जहाँ छौँ त्यहीँ रही सरकारद्वारा दिइएका निर्देशनहरु पालन गरी आत्मबल उच्च राख्नु नै कोभिड–१९ बाट बच्ने उपाय हो ।
डाक्टर संजाेग कुमार क्षेत्री, चित्रवन नेचर क्येर हस्पिटल भरतपुर