वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो नेपाल ल्याउन लागिएको हो ।
बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।
साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।
वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ।
यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ।
यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्याइदिने छ।
शुक्रबार साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन्। जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव काठमाडौँ ल्याउँदैछन्।
यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव रोकिएका थिए।