देवचुली,
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर खुकुलो बनाउने निर्णय गरेपछि देशभर सहित नवलपुरको देवचुलीमा पनि चहलपहल बढेको छ । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । बैठकमा लामो समय देखि जारी रहेको लकडाउनलाई परिवर्तन गरि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग र व्यापारमा खुकुलो गरिएको हो ।
देवचुली, १३ दलदले बजार
यो सँगै सरकारी कार्यालय, बैंक, कृषि व्यवसाय, उद्योगधन्दा खुल्न थालेपछि देवचुली नगरपालिकामा हतै चहलपहल बढेको छ । देवचुलीको दलदले, प्रगतिनगर, केउरेनी, दुम्कौली र रजहरका अधिकांस पसलहरु खुलेपछि भने बुधबार देखि चहलपहल बढेको हो ।
पहिले साँझ बिहान मात्रै खोल्ने खाद्यन्न पसल अहिले जुनसुकै समयमा पनि खोल्ने गरेका थिए तर देवचुली उद्योग वाणिज्य संघले हरेक दिन संक्रमण बढदै गएको बेला यसको उच्च जोखिम अपनाउनु पर्ने भन्दै बिहान ११ बजे देखि ४ बजे सम्म मात्र पसल संचालन गर्न पाउने निर्णय गरेको छ ।
देवचुली १६ रजहर बजार
पसल संचालन गर्दा व्यवसाय स्थलमा सबैले माक्स, सेनिटाइजर र साबुन पानी अनिवार्य रुपमा राखी सबैलाई प्रयोग गर्न लगाउने तथा भिडभाड नगराई सामाजिक दुरी कायम गरी कम्तीमा २ मिटरको दुरीमा सेवा लिन र दिन अनुरोध गरेको छ । तर अधिकांस पसलहरु भने बिहान देखि बेलुका सम्म पनि खुल्ला रहेको देख्न सकिन्छ र पसलमा सेनिटाइजर र साबुन पानी पनि नभएको पाईएको छ । मानिसहरु केही काम नै नपरे पनि लकडाउन खुकुलो भयो भन्दै आवजावत गर्न थालेको पाइएको छ । यसरी कुनै नियमको पालन नगर्दा संक्रमण बढन् सक्छ त्यसैले सबैले माक्स, सेनिटाईजर, साबुन पानीले अनिवार्य रुपमा प्रयोग गरौँ र आवश्यक परे मात्र बाहिर निस्कौँ नभए घरमै बसौँ ।
देवचुली १५, प्रगतिनगर बजार