नवलपुरमा मंगलबार बिहान १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बौदिकाली गाउँपालिकामा सो संक्रमण देखिएको हो । स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।बौदिकालि गाउँपालिका २ का १९ र ३० वर्षीय २ पुरुष, वडानम्वर ३ का ३० वर्षीय एक पुरुष, वडानम्वर ४ का १८,१८,१९,२०,२१,२२,२२,३० र ४० वर्षीय पुरुष रहनु भएको छ । संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य छ र उहाँहरुलाई देवचुली नगरपालिकाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसनमा ल्याउने तयारी भैरहेको छ। यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ। जिल्लाको कावासोती नगरपालिकामा ५, देवचुली नगरपालिकामा ५, गैंडाकोट नगरपालिकामा २ बिनयी त्रिवेणीमा ५, बुलिङ्गटार गाउँपालिकामा १, हुप्सेकोट गाउँपालिकामा ४ र बौदिकाली गाउँपालिकामा १२ जना संक्रमित रहेका छन् । मध्यबिन्दु नगरपालिकामा भने हालसम्म कोरोना संक्रमित देखिएका छैनन् । देवचुली नगरपालिका माईत भएकी एक कोरोना संक्रमित महिला भने कोरोना मुक्त भैसकेकी छिन । यस्तै गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिकाका १ जना, बाग्लुङको निसिखोला गाउँपालिकाका ३ जना र बरेङ गाउँपालिका ८ जना गरि थप २४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ।