भक्तपुुर प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार मृत्यु भएपछि कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
‘हिजै स्वाब लिएर परीक्षणका लागि टेकु पठाइसकिएको छ’, प्रधानले अनलाइनखबरसँग भने, ‘संवेदनशील केश भएकाले आजैसम्ममा नतिजा आउनु पर्ने हो ।’
नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।