देवचुलि
सुरक्षित जिवनका लागि जैविक विविधता भन्ने मुल नाराका साथ विश्व वातावरण दिवश अाज जुन पाँचका दिन देशैभरि विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । तर विश्वभरि महामारिकाे रुपमा फैलिदै गएकाे काेराेना भाईरसकाे कारण बृहत् कार्यक्रमकाे अायाेजना भने हुन सकेन । यसैविच देवचुलि नगरपालिका वडा नं १ मा रहेकाे दिव्य ज्याेति कृषि सहकारि संस्थालि काे अायाेजना तथा कारितास नेपालकाे अार्थिक तथा प्राविधिक सहयाेगमा दिव्य सामुदायिक वनकाे परिसरमा करिब १०० वटा विभिन्न जातका फलफुल जन्य विरुवाहरु राेपि विश्व वातावरण दिवश मनाईएकाे छ । वृक्षरोपण पुर्व छाेटाे अाैपचारिक कार्यक्रम गरिएकाे थियाे , अाैपचारिक कार्यक्रमको अध्यक्षता सहकारिका अध्यक्ष बाबुराम माझी रहनुभएकाे थियाे भने प्रमुख अतिथि दिव्य सामुदायिक वनका अध्यक्ष देविलाल देवकाेटा साथै देवचुलि नगरपालिका नगरकार्यपालिका सदस्य भाेजवहादुर माझी, देवचुलि जेसिज वर्ष २०२० का कार्यकारिणि उपाध्यक्ष ढुन्डिराज के. सि. काे विशेष उपस्थित रहेकाे थियाे । अाैपचारिक कार्यक्रममा काेराेना भाईरसवाट वच्ने उपाय सहित वातावरण दिवशकाे शुभकामना अादान प्रदान गरिएकाे थियाे । वन वातावरण र जैविक विबिधताकाे क्षेत्रमा एक दशक देखि काम गर्दै अाईरहेका देवचुलि जेसिजका कार्यकारिणि उपाध्यक्ष के सि ले एक बिरुवा मेराे जिम्मेवारी भन्ने अभियान सहित अाज देशैभरि जेसिज युवाहरुले अाजकै दिन वृक्षराेपण गरिरहेकाे जानकारि दिनुभयाे भने वृक्ष राेपिसकेपछि त्यसकाे संरक्षणमा ध्यान दिनुपर्नेमा सहकारिका सदस्यहरुलाई विशेष अाग्रह गर्नुभयाे । साेहि अवसरमा लायन्स कल्व अफ काठमाडौ कर्पाेरेटले देवचुलि १ मा रहेकाे ज्ञान ज्याेति कृषि समुहकाे पाेखरिकाे परिसरमा वृक्षराेपण गरेकाे छ । कल्वका अध्यक्ष लायन विनिता , पुर्व अध्यक्ष लायन किसाेर भट्टराई , लायन पवन वुढाथाेकि , याेगेश चाैधरि लगायत कल्वका सदस्यहरु उपस्थित रहेकाे थियाे । सामाजिक दुरि कायम गरि भिडभाड नगरिकन सहकारि र कल्वका प्रतिनिधिहरुले एक एक वटा वाेट लगाएका थिए ।