देवचुली,
कोरोना भाईरस (कोभिड–१९) संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको सन्दर्भमा कलकारखाना, यातायात, बजारसँगै विद्यालय पनि बन्द छन् । यस संक्रमणबाट बच्नको लागि नेपाल सरकारले करिब २ महिना देखि देशलाई नै लकडाउनमा राखिरहेको छ । जसले गर्दा शैक्षिक क्षेत्रमा पनि यसले ठुलो असर पु¥याएको छ । एस.ई.ई परिक्षाको अघिल्लो दिन नेपाल सरकारले एस.ई.ई नहुने घोषणा गर्यो । केही समयमा एस.ई.ई होला भन्ने आशामा २ महिना बितिसक्दा पनि एस.ई.ई हुने नहुने बारे कुनै टुङ्गो नलाग्दा विद्यार्थीहरु झनै तनाबमा रहेका छन् ।
सकारात्मक रुपमा भन्दा लकडाउनले एस.ई.ई दिने विद्यार्थीहरुलाई पढाई सँगै अंक बढाउनको लागि समय दिएको एस.ई.ई दिने देवचुली १६ बरचुली माध्यमिक विद्यालयकी छात्रा एवम् जागृती बाल तथा युवा सरोकार नेपालकी किशोरी अभियान्ता रेजिना घर्ती मगरले बताउँछिन । परीक्षा कहिले हुन्छ भन्ने मानसिक तनाब बढे पनि हुने कुरालाई कसैले छेक्न नसक्ने रहेछ भन्ने कुरा बुझेको उनि बताउँछिन् ।
रेजिना घर्ती मगर,देवचुली १६ बरचुली माध्यमिक विद्यालय
लकडाउनको समयमा उनि मामाघरमा बसेर अनलाईन कक्षा मार्फत एस.ई.ई तयारी गरिरहेको सुनाउँछिन् । एस.ई.ई सकेपछि यो गर्छु त्यो गर्छु भन्ने सोचमा रहेको आँफु कोरोनाले गर्दा कतै एक बर्ष ढिला हुने होकी भन्ने पिरमा रहेको रेजिनाले गुनासो गर्छिन । घरवरपरिका छिमेकीले एस.ई.ई दिन पाउँदैनौँ होला भन्दा नराम्रो लाग्ने बताउँदै विद्यार्थीहरुलाई सान्त्वना दिनुपर्ने उनको कथन छ । विद्यालयबाट शिक्षकशिक्षिकाले काउन्सेलिङ्ग गर्दा थप सहज र आशा पलाएको उनी बताउँछिन्।
सुस्मा पोख्रेल,देवचुली १७ बरचुली माध्यमिक विद्यालय
यस्तै अर्की छात्रा सुस्मा पोख्रेलले लकडाउनलाई नकारात्मक रुपले भन्दा सकारात्मक रुपले लिनुपर्ने बताउँदै यो समयलाई अवसरको रुपमा लिएर अतिरिक्त क्रियाकलाप सिक्नुपर्ने बताएकी छिन् । उनी घरमै बसेर एस.ई.ईको तयारी सँगै विभिन्न क्रियाकलाप गर्दै दिन बिताईरहेकी छिन् । उनले आँफु जस्तै अन्य साथीभाईलाई घरमै बसेर यो समयलाई एउटा अवसरको रुपमा लिएर पढाई सँगै विभिन्न कुराका शीपमुलक काम गर्न आग्रह गर्दछिन ।
आस्था अनिर्जित बास्तकोटी,देवचुली ३नेपाल नमुना माध्यमिक विद्यालय
यस्तै अर्की छात्रा देवचुलीं ३ की आस्था अनिर्जित बास्तकोटीले पढ्दा पढ्दा अल्छी लाग्यो भने घरमा चित्रकला, खेतबारीमा तरकारी लगाउन आमाबुबालाई सहयोग, साहित्य पढ्ने, नयाँ नयाँ खेलखेलेर समय बिताएकी छिन् । उनलाई परिक्षा रोकिएकोमा कुनै आपत्ति भने नभएको सुनाउदै यो समयमा आँफुले अंक बढाउने समय समेत पाएको बताउँछिन् । उनले सबैलाई घरमा बसेको समय पढाई मात्र नभई अन्य नयाँ कुराहरु सिकेर पनि समयलाई सदुपयोग गर्न समेत आग्रह गरेकी छिन् ।
एसईई दिने विद्यार्थीलाई एकातिर कोरोनाको कहरले पिरोलेको छ भने अर्कातिर परिक्षाको अन्यौलताले। आशा गरौं सुन्दर भविष्यको सपना बोकेर एसईई तयारी गरिरहेका विद्यार्थीले समयमै परीक्षा दिन पाउन। सम्पूर्ण विद्यार्थीलाई ह्याप्पी टाइम्सको शुभकामना ।