देवचुली,
बर्षको पहिलो बाली मकै त्यही मकै बालीमा फौजी किरा देखिए पछि देवचुलीका किसानहरु चिन्तामा परेका छन् । पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लाखौँले ज्यान गुमाईसकेका छन् भने नेपालमा पनि एक जनाको ज्यान गएको छ । यस प्रकोपको समयमा संक्रमणबाट बच्न नेपाल सरकारले सुरक्षित रहनकने लागि देशलाई नै लकडाउनमा राखिरहकोे छ । लकडाउनको समयमा व्यापार, व्यवसाय, कार्यालय, विद्यालय आदि ठप्प रहेका छन ।
यो समयमा किसानहरुलाई भने केही सजिलो भएको पाईन्छ । खेतीवालीमा समय दिन पाइरहेका छन् तर विश्वलाई प्रभावित पारिरहेको बेला किसानहरुले लगाएको मकैवालीमा पनि विभिन्न समस्या देखिन थालेको छ । यस संकटकालिन अवस्थामा किसानहरुले लगाएको मकैखेतीमा अमेरीकन फौजीकिरा वा गवारो किरा देखा पर्न थालेकाले किसानहरु चिन्तामा देखिएका छन् ।
मकैको पातमा पुतलीले फुल पारे पछि फुलबाट निस्किएको लार्भाले पातको हरियो भाग खाएर मकैको बोटमा गुभो लाग्न नदिएको एक कृषक बताउँछन् ।
लकडाउनको समयमा बसिरहँदा नगरपालिकाको निर्देशनमा घरको वरिपरि रहेको बाँझो जमिनलाई सदुपयोग गरि समय अनुसार तरकारी, मकै लगाउने गरेका छन । थोरै थोरै जग्गामा पनि समय अनुसार मकै लगाउँदा अहिले मैकमा फौजी किरा देखिए पछि मर्कामा परेको किसान बताउँछन् ।
देवचुली नगरपालिका कृषि शाखाले फौजिकिराको नियन्त्रणका लागि विभिन्न विषादिको रुपमा गाईको पिसावमा केही हरियो खुर्सानी र निमको पात थिचेर निस्किएको रस मकैको गुभोमा खरानी वा काठको धुलो वा मसीनो माटोको धुलो राख्ने भनिए पनि फौजी किरा नियन्त्रणमा नआएको किसानहरु बताउँछन् । त्यसैले कुन औषधीले फौजी किरा नियन्त्रणमा आउँछ त्यसको पहिचान गर्नुपर्ने कृषकहरुको भनाई छ ।
यस्तै फौजी किरा र लार्भाको प्रकोप रोक्न स्थानीय सरोकारवालाहरुले आवश्यक सहयोग गर्दै आएका छन् । नेपालभरि नै यस अमेरिकन फौजी किराले मकै नष्ट पारिरहेको देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार धेरै ठाउँबाट कृषि शाखाले सिफारिस गरेको विषादी हाल्दा भएन भन्ने कुरा आएको र किसानहरुलाई आग्रह गर्दै एकै चोटीमा आत्तिएर समस्या निर्मुल नहुने बताउनुभयो । वायो केमिस्ट नामक विषादीलाई मकैमा लागेको फौजी किरामा छर्याै भने केही हद सम्म नियन्त्रण गर्न सकिने भण्डारीले जानकारी दिनुभयो । एकजनाले छरेर मात्र नहुने भएकाले सबै किसानले छर्न आग्रह गर्नुभयो ।