कोरोना भाइरसका कारण स्पेनमा निकै कडा लकडाउन लगाइएको थियो । स्पेनमा कोरोना संक्रमित संख्या हालसम्म २ लाख ७ हजार ६३४ पुगेको छ भने संख्या २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।
तर ६ साता देखि जारी लकडाउन कोरोनाको संक्रमण कम भइरहँदा त्यहाँ लकडाउन पनि खुकुलो पार्न थालिएको छ ।
यसरी खुकुलो भइरहेको लकडाउनको फाइदा आइतबार स्पेनका बालबालिकाले उठाए ।
लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ।
स्पेनले ६ हप्तापछि बालबालिकालाई बाहिर खुल्ला स्थान आउने अनुमति दिएपछि उनीहरूले त्यसको फाइदा उठाएका हुन् ।
खुल्ला भएपछि उनीहरू कोही पैदल त कोही साइकल, त कोही स्केटबोर्ड र स्कूटरहरू लिएर पहिलेझैं बाहिर खेल्न निस्केका हुन् ।
स्पेन कोरोना भाइरसको विश्वव्यापी महामारीले बढी ग्रस्त देशहरू मध्येको एक हो । तर महिना दिनदेखि संक्रमणका कारण दैनिकरुपमा हुने मृत्यु कम भइरहेको छ ।
मार्च १४ मा सरकारले आपतकालिन अवस्था घोषणा गरेपछि अधिकांश सार्वजनिक चहलपहल र आर्थिक गतिविधि बन्द रहँदै आएका छन् ।
यसपछि आइतबार मात्रै पहिलोपटक स्पेनले १४ वर्ष मुनिका बालबालिकालाई घर बाहिर निस्कने अनुमति दिइएको हो । अनुमति जारी भएसँगै उनीहरु म्याड्रिडका सडकहरुमा घुम्न थालेका हुन् ।
तर बाहिर निस्कदा उनीहरुले अनिवार्य मास्कको प्रयोगसँगै सामाजिक दुरीलाई समेत ध्यान दिनुपर्नेछ ।
यसका लागि उनीहरुका अभिभावकले ध्यान पुर्याउनु पर्नेछ ।स्पेनका विद्यालयहरू भने सबै बन्द छन् ।