चितवन
हाम्रो समाजमा अझै पनि किशोरकिशोरी बिच विभिन्न कुरामा भिन्नता रहेको पाइन्छ । कति किशोरीहरुले आफुमा भएको समस्याहरु खुलेर भन्न सकिरहेका हुदैनन । किशोरीहरुको समस्या पहिचान गरी उनीहरुलाई शसक्तिकरण गर्ने काम गरिरहेको छ जागृती बाल तथा युवा सरोकार नेपालले । जागृती बाल तथा युवा सरोकार नेपालद्धारा क्यानलनको सहयोगमा देवचुली नगरपालिकामा मात्र नभई विभिन्न ठाँउका किशोरीहरुलाई शसक्तिकरण गर्न सफल भएको छ ।
संस्थाको आयोजनामा चितवनको सौराहामा लैंगिक हिंसा र समुदायमा आधारित किशोरी शसक्तिकरण तालिम मंगलबार देखि शनिबार सम्म संचालन भएको थियो । तालिममा किशोरीहरुले सुरुमा आउँदा आत्मबल कसरी बढाउने र आफनो समस्या बारे अरुको अगाडि कसरी राख्ने भन्ने सोचले तालिममा आएको तर तालिममा आइसके पछि त्यो मात्र नभई धरै कुरा सिकेको र आफुहरुमा हौसला प्राप्त भएको बताएका थिए ।
कति ठाँउमा किशोरीहरु महिनाबारीका समयमा विभिन्न समस्यामा परिरहेका छन उनीहरुलाई महिनाबारी भएका बेला अपनाउन पर्ने सतर्कता र सुरक्षाका बिषयमा केही ज्ञान छैन उनीहरुलाई महिनाबारी सम्बन्धी ज्ञान बाढ्ने र यस्तो मौका पाएकोमा आफुले यसलाई सहि तरिकाले सदुपयोग गर्ने तालिम प्राप्त किशोरी आरती बिश्वकर्मा बताउछिन ।
त्यस्तै अर्की एक तालिम प्राप्त किशोरीले सुरुमा सबैको माझ बोल्न डर लागेको थियो । कतै म भन्दा जान्ने छन कि मैले नराम्रो बोलेकी भन्ने मनमा त्रास थियो तर तालिम लिदै गएपछि बिस्तारै परिवर्तन गराएका पत्तै नभएको बताउछिन् । अब आफुले घर, विधालय, समाज र देशैभरि किशोरी शसतिmकरणका लागि सचेतना फैलाउन अग्रसर हुने बताइन् । किशोरीहरु घर भित्र मात्र नभई घर बाहिर पनि काम गर्न सक्ने तालिम प्राप्त किशोरीहरु बताउछन ।
जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलन स्विजरल्याण्डको सहयोगमा सञ्चालन रहेको किशोरी शसक्तिकरण तालिमले किशोरी सबैमा परिवर्तन आएकोमा खुसी व्यतm गदैँ अझै किशोरीहरुलाई शसतिmकरण गराउन अगाडि बढ्ने बताउँछन् संस्थाका अध्यक्ष तिलोत्तम पौडेल ।
कार्यक्रमको पहिलो दिन किशोरीहरुसँग खुल्न गाह्रो भए पनि दोस्रो दिन देखि किशोरीहरुसँग काम गर्न सजिलो भएको प्रशिक्षक मिना शर्मा बताउनुहुन्छ । आउने पिढिँहरुलाई र घरपरिवारलाई सजिलोसँग ज्ञान दिएर समाज परिवर्तन र रुपान्तरण गर्न सक्ने र तालिमले किशोरीहरुमा सकारात्मक परिवर्तन आएको शर्मा बताउनुहुन्छ ।
तालिममा देवचुलीमा रहेका विधालयका शिक्षिकाहरुको पनि उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै उनीहरुले किशोरी शसक्तिकरणमा जागृती बाल तथा युवा सरोकार नेपालले मुख्य भुमिका खेलेको बताएका छन । भविष्यमा किशोरीहरुलाई पुरुष समान पु¥यायौँ भने राष्ट्र विकासमा टेवा पुग्ने बताएका छन । तालिम पाँच दिनसम्म सञ्चालन भएको थियो ।