देवचुली,
केही महिना पहिले चिनको वुहानबाट फैलिएको कोरोना भाइरस ‐कोभिड–१९) को प्रभाव विश्वव्यापी रुपमा बढदो क्रममा छ । कोरोना भाइरस संक्रमणबाट बच्नको लागि नेपाल सरकारले देशलाई नै १ महिना देखि लकडाउनमा राखिरहेको छ । जसले गर्दा शैक्षिक क्षेत्रमा पनि यसले ठुलो असर पु¥याएको छ । अहिले नियमित पठनपाठन नभए पनि बालबालिकाहरुले घरमै बसेर धेरै कुरा सिक्ने मौका पनि पाएका छन ।
यस्तै नवलपुरको देवचुली नगरपालिकाका बालबालिकाहरु लकडाउनको समयलाई सदुपयोग गर्दै जीवनउपयोगी सिपहरु सिक्दै छन । अरु समयमा पढाईमा व्यस्त रहने अहिले विद्यालय बन्द भए पछि भने घरपरिवार र अभिभावकको निकट रहेर धेरै कुरा सिक्न, बुझन र अनुभव गर्न पाएको किशोरी अभियान्ता देवचुली नगरपालिका वडा नं १७ की सपना पौडेल बताउँछिन । देवचुली मा.विमा कक्षा १२ मा अध्यानरत छात्रा पौडेलले परिक्षा नजिकिंदै गर्दा देशनै लकडाउन भएपछि भने नराम्रो लागे पनि घरमा बसेर परिक्षाको लागि थप तयारी गर्न पाएको र घरमा धेरै कुरा सिक्न पाएको बताएकी छिन् ।
यस्तै अर्की किशोरी अभियान्ता देवचुली नगरपालिका वडा नं २ की आस्था अनिर्जित वस्ताकोटीले भने घरमा चित्रकला, खेतबारीमा तरकारी लगाउन आमाबुबालाई सहयोग, उपन्यास पढने, नयाँ नयाँ खेलखेलेर समय बिताएकी छिन् । उनी नेपाल मा.विमा कक्षा १० मा अध्यनरत छात्रा हुन । वास्तकोटीले अलि दुःख मान्दै लकडाउनका कारण १ दिन अगाडि एस.ई.ई परिक्षा रोकिएकोमा निरास भएको गुनासो गरिन् । तर उनलाई परिक्षा रोकिएकोमा कुनै आपत्ति भने नभएको सुनाउदै यो समयमा आफुले अंक बढाउने समय समेत पाएको बताउँछिन् । उनले सबैलाई घरमा बसेको समय पढाई मात्र नभई अन्य नयाँ कुराहरु सिकेर पनि समयलाई सदुपयोग गर्न समेत आग्रह गरेकी छिन् ।
अर्की किशोरी अभियान्ता देवचुली नगरपालिका वडा नं १६ रजहरकी निरुता खत्रीले लकडाउनको समयमा आफुले परिवारलाई समय दिदैँ परिवार सँगबाट नयाँ कुरा सिकेको बताएकी छिन ।
देवचुली नगरपालिका वडा नं १६ रजहरकी प्रिया पुन मगरले घरमा बसेर लकडाउनको पालना गर्दै छिन । उनले घरमै बसेर नयाँ किताबहरु पढने, मिठा खानेकुराको परिकार बनाउने , मोटिबेसनल भिडियो हेर्ने गरेको बताउँछिन । लकडाउनको समयमा धेरै बालबालिका सामजिक संजालको बढि प्रयोग गर्ने भएकाले उनीहरुलाई अभिभवकहरुले पनि नयाँ कुरा सिकाउन आवश्यक रहेको बताएकी थिइन ।
देवचुली नगरपालिका वडा नं ५ कदमपुरका प्रवेश सिग्देलले लकडाउनको समयमा घर परिवार सँग बसेर समय बिताएको, नयाँ पुस्तकहरु पढेर, आमाबुबालाई करेसाबारीमा सहयोग गरेर समय सदुपयोग गरेको बताउँछन् । उनी देवचुली नगर स्थरीय बाल संजालका उपाध्यक्ष एवम् सकला मा.विका कक्षा ९ मा अध्यनरत छात्र पनि हुन सम्पुर्ण बालबालिकालाई घरमै सुरक्षित रहन समेत आग्रह गर्दछन् । त्यसैले सम्पुर्ण बालबालिकाहरुलाई लकडाउनको समयमा घरमै बसौँ, सुरक्षित रहौँ, नयाँ नयाँ ज्ञानका कुरा सिक्न अनुरोध गर्दछौँ ।