काठमाडौं, १९ जेठ
नेपालको राजनीतिक इतिहासै ठूलो हत्या काण्डका रुपमा परिचित तत्कालीन राजपरिवारको नरसंहार गरिएको आज १८ वर्ष पुगेको छ। राजा वीरेन्द्र शाहको परिवारका १० सदस्यको हत्या १९ जेठ २०५८ मा भयो, जसलाई ुदरबार हत्याकाण्डुका नामले समेत चिनिन्छ।नेपालको आधुनिक इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगयतको हत्या भएको थियो। पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।आफ्ना दाजुको परिवारको नरसंहार भएपछि नयाँ राजा बनेका ज्ञानेन्द्र शाहले उक्त हत्या काण्डको छानविबन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा ९एमाले० नेता माधवकुमार नेपाल रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए। नेता नेपालले भने पछि समिति नरहने भन्दै नाम फिर्ता लिएका थिए।एक हप्तापछि समितिले राजालाई प्रतिवेदन पेस गरेको थियो, जसले बजारमा चलेका विभिन्न हल्ला तथा अडकलबाजीलाई थप बल पुर्याउने काम गर्यो। देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले आफूहरुको बिहेलाई राजपरिवारले स्वीकार नगरेकाले यस्तो हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा भनिएको छ।छानबिन प्रतिवेदनमा लागूपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो। तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन।
‘ग्र्यान्ड डिजाइन’मा हत्याकाण्ड
दरबार हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिएका थिए। तर, अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन।कोइराला मात्रै होइन जिवित अधिकांश नेपाली नेताले पनि यसलाई ठूलो ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिने गरेका छन्। हाल राजनीतिको प्रभुत्वशाली स्थानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा नेता माधवकुमार नेपाल लगायतका नेताले कोइरालाको जस्तै आशंका व्यक्त गर्ने गरेका छन्।आफूहरुले त्यो हत्या काण्डको रहस्य बाहिर ल्याइछाड्ने प्रतिबद्धता पटक(पटक उनीहरुले जनाउने तर सत्तामा पुगेपछि सबै प्रतिबद्धता बिर्सने गरेका छन्।
रहस्य खोल्न नसकेका पुस्तक
दरबार हत्याकाण्डको रहस्य खोल्ने भन्दै पुस्तक लेखिए। तर ती पनि ‘षड्यन्त्र सिद्धान्त’को सार्वजनिक विमर्शबाट टाढा रहन सकेनन्।हत्याकाण्डलाई लिएर जनताको मनोभावनाअनुरुपकै कुराहरुलाई ती पुस्तकमा उठाइए तर कुनैले पनि रहस्यको भरपर्दो दसी पेश गर्न सकेनन्।दरबार हत्या काण्डकै विषयलाई उठाएर लेखक कृष्ण अविरलले ‘रक्तकुण्ड’ किताब लेखे। हत्या काण्डको रहस्य खोल्ने दाबीसहित सार्वजनिक गरिएको पुस्तक लाखौं प्रति बिक्री भयो, तर चित्ताबुझ्दो तथ्य त्यसमा आउन सकेन।त्यसलाई पछ्याउँदै तत्कालीन सैनिक सचिव विवेककुमार शाहले ‘मैले देखेको दरबार’ लेखे। दरबारमै लामो समय काम गरेका व्यक्तिले लेखेको हुनाले बढी विश्वसनीय ठानिएको पुस्तकमा उनले दरबार हत्याकाण्ड युवराज दिपेन्द्रले नै गराएको उल्लेख गरे।दरबार हत्याकाण्डकै बिषयमा पछिल्लोपटक अर्को एउटा नयाँ पुस्तक दरबारको दुःखान्त’ सार्वजनिक भएको छ। राजा वीरेन्द्रका तत्कालीन एडिसी सुन्दरप्रताप रानाले यो पुस्तक लेखेका हुन्। यो पुस्तकमा पनि कुनै आम अपेक्षा अनुसारको सनसनी खेज खुलासा गरिएको छैन। यसलाई कतिपयले विवेककुुमारकै पुस्तकको अर्को संस्करणका रुपमा अर्थ्याएका छन्।