देवचुली
रास्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा देवचुली नगरपालिकामा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा देवचुली - ७ को भीमसेन आदर्श माध्यमिक बिध्यालय प्रथम भएको छ |
देवचुली नगरपालिका सूचना प्रविधि शाखाको आयोजनामा भीमसेन आदर्श माध्यमिक बिध्यालमा सन्चालित प्रतियोगितामा देवचुली -१५ को विश्वज्योति माध्यमिक बिध्यालय द्वितीय तथा देवचुली- १० को पृथ्वी माध्यमिक बिध्यालय तृतीय भएका छन् |
प्रतियोगितामा देवचुली नगरपालिका भित्रका भीमसेन आदर्श माध्यमिक विध्यालय,नेपाल नमुना माध्यमिक विध्यालय,जनज्योति माध्यमिक विध्यालय,जनज्योति नमुना माध्यमिक विध्यालय,बरचुली माध्यमिक विध्यालय,कालिका माध्यमिक विध्यालय,पृथ्वी माध्यमिक विध्यालय र विश्वज्योति माध्यमिक विध्यालय गरि ८ माध्यमिक विध्यालय सहभागी रहेका थियो | प्रतियोगितामा प्रथम हुने विध्यालयले ५ हजार बराबरको पुस्तक,द्वितीय हुनेले ४ हजार बराबरको पुस्तक र तृतीय हुनेले ३ हजार बराबरको पुस्तक प्राप्त गरेका छन् |
हाजिरीजवाफ प्रतियोगिता देवचुली नगरपालिका सूचना प्रविधि शाखा अधिकृत कृष्णहरि सापकोटाको अध्यक्षता एवं देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो | कार्यक्रमा देवचुली नगरपालिकाका नगर शिक्षा प्रमुख राम प्रसाद शर्मा, शिक्षा शाखा अधिकृत मोतिप्रसाद रिजाल,बिभिन्न विध्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो |
कार्यक्रममा भीमसेन आदर्श माध्यमिक विध्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक राजु चापागाईंले गर्नुभएको थियो |