देवचुली नगरपालिकाद्वारा स्वास्थ्य चौकीलाई कोरोना भाइरसको सम्भावित संक्रमण को पूर्व तयारीका लागि आवश्यक सामाग्री हस्तान्तरण गरीएको छ । देवचुली नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्र र चाैकी गरि ५ स्थानमा सामाग्रीहरू वितरण गरीएको हो । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले प्राथमिक स्वास्थ्य केन्द्र दुम्काैलीमा पिपिई २ सेट,फेस माक्स २ सय पिस, सर्जिकल गाउन २० ,हेण्ड सेनिटाइजर १०० एम एल १ पिस, डिजिटल थर्मोमिटर २ पिस, प्रगतिनगर स्वास्थ्य चाैकी धारापानीमा पिपिई २ सेट, सर्जिकल गाउन ६, फेस माक्स १ सय पिस, हेण्ड सेनिटाइजर १०० एम एल १ पिस, डिजिटल थर्मोमिटर २ पिस, देवचुली स्वास्थ्य चाैकी ,रामबासमा पिपिई २ सेट,फेस माक्स २ सय पिस, सर्जिकल गाउन २० ,हेण्ड सेनिटाइजर १०० एम एल १ पिस, डिजिटल थर्मोमिटर २ पिस, रजहर स्वास्थ्य चाैकी , फारममा पिपिई २ सेट,फेस माक्स २ सय पिस, सर्जिकल गाउन २० ,हेण्ड सेनिटाइजर १०० एम एल १ पिस, डिजिटल थर्मोमिटर २ पिस र रजहर आयुवर्दे अौषधालय रजहरमा फेस माक्स ५० पिस, सर्जिकल गाउन वितरण गरीएको बताउनुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र दुम्काैली डाक्टर विद्या भुसाल र सूचना प्रविधि अधिकृत कृष्णहरी सापकाेटाको सहभागिता रहेको थियो।