देवचुली,
पछिल्लो केही महिना देखि चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले विभिन्न देशहरुमा त्रास फैलाएको छ । यस्तै नेपालमा पनि कोरोना भाइरस (कोभिड—१९) संक्रमणको त्रास बढे सँगै यसबाट बच्न मंगलबार देखि सरकारले एक साताका लागि देशलाई नै "लकडाउन" मा राखेको छ । नेपालको विभिन्न ठाँउमा "लकडाउन"को प्रभाव परे सँगै नवलपुरको देवचुलीमा पनि यसको प्रभाव परेको छ । अत्यावश्यक सवारी साधन, पसल,कार्यालय बाहेक सबै बन्द गरिएको छ । यस संकटकालिन परिस्थितमा गाँउ गाँउमा सचेतनाको अभाव हुने भएकाले देवचुली नगरपालिका वडा नं २ दुमकौलीमा रहेको धानचरी गाँउमा केही सामाग्री वितरण गरिएको छ ।
शुक्रबार धानचरि गाँउ, कोरोनाबाट बचाऔँ विपतको बेला, नगरौँ अबेला भन्ने मुल नाराका साथ करिब १ सय २० घर धुरीलाई डिटोल र फिनेल वितरण गरिएको ह्याप्पी एफ.एमका प्रबन्धक निर्देशक दिपेश कडरियाले जानकारी दिनुभयो । उहाँले धानचरी गाँउलाई कोरोनाबाट बचाँऔ भन्न उद्धेश्यले माक्स भन्दा पनि साबुन पानीले हात धुने र घर आंगन सफा राख्न फिनेल बितरण गरिएको कडरियाले बताउनुभयो ।
वितरण गरिएको डिटोल र फिनेललाई सहि तरिकाले सदुपयोग गर्न सके कोरोना भाइरसबाट आफु सँगै आफ्नो घरपरिवारलाई पनि बचाँउन सकिने देवचुली जेसिज बर्ष २०१९ का अध्यक्ष बसन्त पोख्रेलले बताउनुभयो ।
यस्तो विषम परिस्थितिमा नगरपालिकाले चालेको कदम लाई थप सपोर्ट गर्दै कोरोना बाट सिंगो गाउँ लाई बचाउन चालिएको अभियानलाई सफल पार्न दिब्यपुरी खानेपानीका अध्यक्ष तिल प्र पाठकले धानचरि गाउँ मा छिटै खानेपानीको पाइप जडान गरि सेवा उपलब्ध गराउने दिव्यपुरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तिल प्रसाद पाठकले बताउनुभयो ।
यस आपतकालिन घडीमा गाँउमा यस किसिमको कार्यक्रम निकै अतुलनीय रहेको बताउँदै अन्य गाँउहरुमा पनि सहयोग गर्नुपर्ने आवश्यक रहेको वडा नं २ का वडाध्यक्ष माधव केसीले बताउनुभयो । उहाँले देशमा विभिन्न ठाँउमा कोरोना भाइरसको त्रास बढेकाले ज्वरो, खोकी, रुगाका लक्ष्यण देखि हालेमा नजिकैको स्वास्थ्य चौकीमा चेक जाँच गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
देवचुली जेसिज बर्ष २०२० का vp समेत रहनुभएका दिपेश कडरियाले दोस्रो चरण मा उक्त धानचरी गाउँमा रहेको ६ वटा इनार सफाइ गर्ने बताउनु भयो । त्यहाका करिब १ सय २० घर धुरी का जनता ले अहिले पनि इनारको पनि खान बाध्य रहेको बताउनुभयो।
उक्त कार्यक्रममा दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपानेले कपडा वितरण गर्नुभएको थियो । बिपतको बेला देवचुली जेसिज सधै समाज सेवामा समर्पित रहेको jlc राजन अधिकारी ले बताउनु भयो ।
देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुसालले नगर बचाउने अभियानमा सिंगो गाउँ लाई त्यो पनि पुरानो पुनर्वास अहिलेको धानचरी गाउँ मा रहेका बोटे माझी मुसहर बस्तिलाइ सचेतना गराउनु नै मुख्य कुरा रहेको बताउनु भयो। मुख्य गरि अति बिपन्न र बिपन्न सबै घरमा नगरपालिकाले सहयोग गर्ने भुसालले बताउनु भयो।
कार्यक्रममा न्यु डि एन्ड डि अटो सेल्सका प्रोपाइटर जीवन श्रेष्ठ, दिब्य पुरी खानेपानीका उपाध्यक्ष सुवास ओझा, देवचुली नगरपालिका वडा नं २ का वडा सदस्य टेक बहादुर माझी, नव ज्योती युवाक्लब १२ का सल्लाहाकार सर्वलाल जैसी, राजु सापकोटा लगायतको उपस्थितीमा धानचरी गाँउका प्रत्येक घर धुरिमा डिटोल, फिनेल र साबुन वितरण गरिएको हो ।