जेठ १७, देवचुली
नेपालमा पुरुषहरु भनेका घर बाहीरका कामहरु गर्ने र महिलाहरु भनेका घर भित्र नै सिमित हुनुपर्दछ भन्ने सोच हावी भएता पनि पछिल्लो समय किशोरीहरुको शसक्तिकरण र महिलाहरुको समेत बिभिन्न तहहरुमा पहँुच र सहभागीता भएको हामीले देखेका छौ ।
किशोरीहरु र महिलाहरुमा हुने प्राकृतिक र नियमित प्रकृया भित्र रहेको महिनावारी अर्थात रज्वस्वाला अझ गाँउ घरमा त पर सर्ने जस्ता शव्दावलीहरुले समेत किशोरीहरु र महिलाहरुलाई सकेसम्म घरका अन्यनियमित क्रियाकलापहरु भन्दा बाहिर राख्ने समेत गर्ने गरेको देखीन्छ ।
तर यस्ता समस्याहरुको सही समाधान र यसको सरसफाईको बारेमा भने पूर्वी नवलपुरका किशोरीहरुले विद्यालयमा र समुदाय स्तरमा गएर स्वयम किशोरीहरु र अभिभावकहरुलाई यसको बारेमा बुझाउने कार्यहरु सुुरु गरेका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपाल र कन्नालन स्विजरल्याण्डको सहयोगमा सञ्चालन रहेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका किशोरी साथीशिक्षकहरुले यस्तो अभियानहरु देवचुली नगरपालिकाका सवै विद्यालयहरुमा सञ्चालन गर्ने गरेको कुरा संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।
समाजमा महिला माथी हेरिने दृष्ट्रिकोण नै परिवर्तन आवश्यक रहेको र यो किशोरी अवस्थाबाट नै उनीहरुको क्षमता अभिबृद्धी गरी शसक्तिकरण गर्न सकेमा सक्षम किशोरीहरुले नै पछि आफुमा हुने हिंसा, दृव्र्यवहार र शोषणको विूरुद्धमा आवाजउठाउन सक्ने भएकोले समेत हामी विद्यालय स्तरमा अभियान सञ्चालन गरेको कुरा किशोरी आशा वि.क ले बताउनुभयो ।
पहिलो पटक महिनावारीको पिडा सवै किशोरीहरुको लागि महत्वपुर्ण र धेरै कुराहरु समेत थाहानहुने भएकोले समेत यसको बारेमा स्वयम किशोरीहरु र सरोकार वालाहरुलाई थाहा दिन ुपर्दछ भन्ने बारेमा कार्यक्रममा सिकेको र यसको सहीकार्यान्वयनको लागि समेत आजकल खाली समयमा विद्यालयमा गएर आफ्ना अनुभवहरु र यसको बारेमा जानकारी दिने गरेको कुरा अर्की अभियन्ता सपना पौडेल बताउनुहुन्छ ।
सुरुमा समस्याभएका कुराहरु समेत किशोरकिशोरीहरुसँग साथीजस्तो कुरा गर्न थालेमाआफ्ना कुराहरु राम्रोसँगभन्न सक्ने भएकोले समेत हामीले बिभिन्न विधीहरु र सिपहरुको प्रयोग गरी उनीहरुको आवाजलाई बाहीर ल्याउने गरेको कुरा मिस टिननवलपुर समेत हुन सफलअर्की किशोरी अभियन्ता प्रिया पुन मगरको भनाई रहेको छ ।
यसरी किशोरीहरुको समस्याहरुको समाधानमा आफु अभियानकर्मीको रुपमा काम गर्न पाएको र समस्याहरुमा रहेका किशोरीहरुलाई केही सिकाउन पाएकोले समेत खुसीको साथमा जिम्मेवारी समेत बोध भएको कुरा अर्की किशोरी अभियन्ता सोमिया सिञ्जाली मगर बताउनुहुन्छ ।
महिनावारी सरसफाई सम्बन्धीको दिवस मे २८ कादिनविश्वभर नै बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गरी सञ्चालन भएको र यही अभियानको क्रममा नै नवलपुरका किशोरीहरुले समेत यसको बारेमा बिभिन्न विद्यालयहरुमा गएर किशोरीहरुको क्षमता विकासमा समेत सहयोग गर्नुभएको छ । यदी सवै सरोकारवालाहरुको साझेदारी रहने हो भने यसको समाधान हुने र किशोरीहरुमा भएको असमानताको समेत अन्त्य हुने थियो की ।