देवचुली,
चैत ६ गते विहिबारबाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा एस.ई.ई को देवचुली नगरपालिकामा सम्पुर्ण तयारी सकिएको छ । २०७६ सालको एस.ई.ई मा देवचुली नगरपालिका भित्र ५ वटा विद्यालयमा परीक्षा केन्द्र हुने भएको छ । देवचुली नगरपालिका वडा नं १५ मा रहेको जनज्योती माध्यमिक विद्यालय, देवचुली १४ को जनज्योती नमुना माध्यमिक विद्यालय, देवचुली १ को नेपाल नमुना माध्यमिक विद्यालय, देवचुली १६ को देवचुली माध्यमिक विद्यालय र देवचुली १७ को वरचुली माध्यमिक विद्यालयमा विहान ८ बजे देखि ११ बजे सम्म परीक्षा संचालन हुने देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले जानकारी दिनुभयो ।
देवचुली नगरपालिका
उहाँले देवचुली नगरपालिका भित्रका सामुदायिक विद्यालयका माध्यमिक तहका १० वटा विद्यालय र संस्थागत ६ वटा गरि १६ वटा विद्यालयहरुका विद्यार्थीहरुले एस.ई.ई परीक्षा दिने भएको बताउँदै सम्पुर्ण तयारी सकिएको बताउनुभयो ।
देवचुली नगरपालिका वडा नं १५ मा रहेको जनज्योती माध्यमिक विद्यालयमा एस.ई.ई परीक्षाका लागि ७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । जसमा पशुपति साङ्गवेद आवसीय माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, मुनलाईट आदर्श पब्लिक एकेडेमी, जनज्योती नमुना माध्यमिक विद्यालय, न्यु नवल इङ्गलिस बोडिङ्ग स्कुल, वाइज भिजन इङ्गलिस बोडिङ्ग स्कुल र कालिका माध्यमिक विद्यालयका जम्मा १ सय ६७ जना विद्यार्थीहरुले एस.ई.ई परीक्षा दिने जनज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक मिन बहादुर दाहालले जानकारी दिनुभयो । उहाँले विद्यालयमा आवश्यक पर्ने सुरक्षाकर्मी साथै शिक्षकशिक्षिका लगायतको सम्पुर्ण तयारी सकिएको बताउनुभयो ।
जनज्योती माध्यमिक विद्यालय
देवचुली १४ मा रहेको जनज्योती नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा २ वटा विद्यालयका विद्यार्थीहरुको सहभागि हुनेछन् । जसमा भिमसेन आदर्श नमुना माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयका ३ सय ५२ जना विद्यार्थीहरुले परीक्षा दिने दुर्गादत्त घिमिरेले जानकारी दिनुभयो ।
जनज्योती नमुना माध्यमिक विद्यालय
देवचुली १७ मा रहेको बरचुली माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा ४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । जसमा देवचुली माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, अमर इङ्गलिस बोडिङ्ग स्कुल, मुकुन्दशेन इङ्गलिस बोडिङ्ग स्कुल, सुर्याेदय इङ्गलिस बोडिङ्ग स्कुलका गरि २ सय ६२ जना विद्यार्थीहरुले परीक्षा दिने बरचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र देव तिवारीले जानकारी दिनुभयो ।
बरचुली माध्यमिक विद्यालय
यसैगरी देवचुली १६ मा रहेको देवचुली माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा ६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । जसमा नेपाल नमुना माध्यमिक विद्यालय, बरचुली माध्यमिक विद्यालय, युनिक इङ्गलिस बोडिङ्ग स्कुल, अमर इङ्गलिस बोडिङ्ग स्कुल, वाइ भिजन बोडिङ्ग स्कुल, कुमारवर्ती इङ्गलिस बोडिङ्ग स्कुलका गरि ३ सय ३९ जना विद्यार्थीहरुले परीक्षा दिने देवचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले जानकारी दिनुभयो । उहाँले परीक्षा संचालनको लागि सबै कोठाहरु तयारी भईसकेको बताउँदै सुरक्षाकर्मी, शिक्षकशिक्षिकाको तयारी भएको बताउनुभयो ।
देवचुली माध्यमिक विद्यालय
देवचुली १ केउरेनीमा रहेको नेपाल नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा ७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । जसमा प्राविधिक मध्ये ५ वटा विद्यालय र साधारण मध्येका विश्व ज्योती माध्यमिक विद्यालय , सकलादेवि माध्यमिक विद्यालयका गरि २ सय ९ जना विद्यार्थीहरु परीक्षा दिन आउने नेपाल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव प्रसाद देवकोटाले जानकारी दिनुभयो । उहाँले एस.ई.ई परीक्षाको लागि सम्पुर्ण तयारी सकिएको बताउँदै विद्यार्थीलाई धैर्यताका साथ परीक्षा दिन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल नमुना माध्यमिक विद्यालय
यस्तै देवचुली नगरपालिका स्वास्थ्य शाखाले एस.ई.ई परीक्षा केन्द्रमा हेल्थ डेस्क संचालन गर्ने भएको छ । पछिल्लो समय विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमण नहोस भन्ने उद्धेश्यले देवचुलीमा रहेका ५ परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्न लागिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले एस.ई.ई परीक्षा केन्द्रमा आउने विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिने बताउनुभएको छ ।