दादुरा-रुबेला जस्ता चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग हो यसबाट बच्नको लागि देवचुली नगरपालिकामा दादुरा रुबेला खोप अभियान चैत्र ३ गतेदेखि सुरु भएको छ । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई देवचुलीका ९ खोप केन्द्रमा दादुरा रुबेला खोप लगाईएको हो।
देवचुली नगरपालिका वडा नं १३ मा अवस्थित कुमारवर्ती आधारभुत विद्यालयमा दादुरा रुबेला खोप अभियानको पहिलो सुरुवात भएको हो कार्यक्रमको अध्यक्षता देवचुली वडा नं १३ का वडाध्यक्ष एवम् नगर प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले गर्नुभएको थियो भने प्रमुख अथितीको रुपमा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा प्रमुख अथिती रहनुभएका श्रेष्ठ बाट बच्चालाई खोपका सामाग्री हस्तान्त्रण गरि खोप अभियान सुरु गरिएको थियो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले देवचुली नगरपालिकामा रहेका बच्चाहरुलाई नछुटाउन स्वास्थ्य शाखालाई आग्रह गर्नुभयो । उहाँले प्रत्यक अभिभावकहरुलाई विभिन्न किसिमका कार्यक्रमहरुमा पनि दादुरा रुबेला सम्बन्धीका कुराहरु भनिदै आएको र ३ गतेबाट खोप अभियान सुरु भएको छ भन्दै सबैले आफनो बच्चालाई खोप लागएर मात्र जान समेत आग्रह गर्नुभयो । चेत्र ३ गतेको पहिलो चरणमा देवचुली नगरपालिका भित्रका देवचुली १३ दलदलेमा कुमारवर्ती आधारभुत विद्यालय, मुनलाइट ईङ्गिस बोडिङ्ग स्कुल, केउरेनीमा रहेको नेपाल नमुना माद्यामिक विद्यालय, नवल एकेडेमि, नवजागरण प्राथामिक विद्यालय बोटेटोल, राष्ट्रिय सारदा प्रा.वी र्किर्तिपुर, सरस्वती प्रा.वी कुम्सोत, कुजौली डुंगाघर कुजौली र सरस्वती प्रा.वी कुलेनीमा खोप अभियान तिब्र गतिमा संचालन भईरहेको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले सरकारी तथ्याकंअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत रहेको बताउदै २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गरिसक्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, स्वास्थ्य कार्यालय नवलपरासीका पहेन भुमिका निरौला, देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, विद्यालयका शिक्षक शिक्षिका लगाएतको उपस्थिती रहेको थियो । दादुरा रुबेला खोप अभियान चैत्र ३ गतेदेखि ११ गतेसम्म चल्नेभएको छ ।