देवचुली,
समाजमा पढेलेखेका युवायुवती नै किन नहुन तर विदेशीने परम्पराले भने अझै छोडेको छैन् । संघर्ष, दुःख गरेर खाईनखाई पढाउँछन् बाआमाले, जति नै पढाए पनि अन्त्यमा विदेश नगई सुःखनै छैन् । पछिल्लो समय १६/१७ बर्ष देखि नै युवायुवतीहरु विदेशीने परम्पराले साँच्चै नै गाँउघर शुन्य भएको पाइन्छ । यस परम्परालाई अन्त्य गरि युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउनको लागि देवचुलीका युवाहरुलाई देवचुली ७ मा निशुल्क २ सय ९० घण्टे कमर्सियल कुक र असिष्टेन्ट वेटर तालिम संचालन भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालयको सहयोगमा पोखरा प्राविधिक शिक्षालयद्धारा देवचुलीका युवाहरुलाई ६५ दिने तालिम संचालन गरिरहेको छ ।
कुक प्रशिक्षकमा फडिन्द्र तामाङ्ग र वेटर प्रशिक्षकमा विजय लामिछानेले तालिम दिनुभएको छ ।
“सिप सिकौँ आत्म निर्भर बनौँ” भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको देवचुली नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष भुपराज पाठकले जानकारी दिनुभयो । विशेष गरि न्युन वर्ग लक्षित तालिम भएकाले तालिम निकै प्रभावकारी रहेको बताउँदै २७ औँ दिनमा आइपुग्दा विद्यार्थीहरुले निकै चासो लिएर सिकेको बताउनुभएको थियो ।
तालिममा सहभागि देवचुली ७ का नारायण प्रसाद सापकोटाले तालिम निकै प्रभावकारी रहेको बताएका छन् । तालिमले भोलिका दिनमा व्यवसाय गर्न आफुलाई सहज हुनेमा विश्वास व्यक्त गरेका थिए ।
अर्का सहभागि देवचुली ६ मुण्डेका नविन सोती मगरले तालिमबाट धेरै कुरा सिकेको बताएका छन् । उनले तालिमबाट वेटर भनेको के हो ? वेटरले होटलमा रहे पछि कस्तोे कर्तव्य निभाउनुपर्ने ? वेटरले होटलमा आउने ग्राहकलाई कसरी आर्कषित गर्ने ? कुकले कसरी खान बनाउने ? जस्ता विभिन्न विषयमा सिकेको बताएका थिए ।
अर्का प्रशिक्षार्थी देवचुली ६ मुण्डेका प्रेम सुनारीले युवाहरुले तालिम सिके पनि विदेशीने प्रचलन भने नहटेको बताउँदै सिप सिके पछि आफनै देशमा मेहेन्त गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
तालिम देवचुली ७ रामबासको वडाकार्यालय नजिकैको भवनमा संचालन भइरहेको छ । उक्त तालिम ४५ दिनको हुनेछ भने तालिममा कुकमा २० जना र वेटरमा २० गरि ४० जना रहेको छन् । तालिम हरेक दिन ६/६ घण्टा दिईएको छ ।