देवचुली,
आज (आइतबार) अन्र्तराष्ट्रिय नारी दिवस नेपाल सहित विश्वभरि विभिन्न कार्यक्रम गरि मनाईएको छ । नारी दिवस प्रत्येक वर्ष मार्च ८ मा विश्वभरि नै मनाउने गरिन्छ । आज हामीले वर्तमानमा नारीको अवस्था कस्तो रहेका छ भनेर देवचुली नगरपालिका भित्रका विभिन्न जनप्रतिनिधि, शिक्षिका, विभिन्न संघ संस्थाका महिला प्रतिनिधि र समाजसेवी सँग कुराकानी गरेका थियौँ ।
देवचुली नगरपालिका कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदीले पहिलेको समयमा र वर्तमानमा नारीको अवस्थालाई हेर्दा निकै परिवर्तन आएको बताउनुभएको छ । उहाँले पहिलेको परिपेक्ष्यमा आफु जस्ता धेरै नारीले विभिन्न किसिमका समस्या भोगेको बताउँदै अहिले कुनै पनि समस्यालाई नारी र पुरुषले समान रुपमा सुल्झाउने बताउनुभयो ।
देवचुली नगरपालिका वडा नं ५ मा रहेको सकला माध्यमिक विद्यालयकी प्रधानध्यापक लक्ष्मी शिवाकोटीले नारी दिवसको अवसरमा सम्पुर्णलाई शुभकामना व्यक्त गर्दै घर, समाज, संघसस्थामा अगाडि बढिरहेको बताउँदै सानो तह देखि माथिल्लो तह सम्म नारीहरुको नेतृत्व रहेकोमा सम्पुर्ण नारीहरुमा आभार व्यक्त गर्नुभएको थियोे ।
सकला देवि सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक सुमित्रा लम्सालले महिलाले आफू सधैँ अपहेलित भएको, पछाडि पारिएको, अवसर नदिइएको जस्ता नकारात्मक कुराहरुको हिजोको अवस्थामा भन्दा अलि कम भएको बताउँदै अगाडिको बाटो हेर्दै प्रगतिमै ध्यान दिने र सोचलाई सकारात्मक बनाउने प्रयासमा लाग्नको लागि सम्पुर्णलाई शुभकामना दिनुभएको थियो ।
यस्तै ओयसिस ईङ्गलिस बोडिङ्ग स्कुलकी प्रधानाध्यापक खगिसरा ढकालले नारी दिवसको शुभकामना दिदैँ विगतका दिनहरुमा भन्दा अहिलेको स्थितमा धेरै सुधार भएको बताउँदै नारीहरुलाई हौसला बढाउनको लागि घरपरिवार सबैको साथ र सहयोग पाए पक्कै आगामी दिनमा अझै परिवर्तन आउने बताउनुभएको थियो ।
हाम्रो समाजमा महिला पुरुष एकै रथका पाङग्रा भन्ने गछौँ तर बेलाबेलामा महिला माथि विभिन्न किसिमका घटनाहरु सुन्दा हिंसा, दुव्र्यवहार अन्त्य नभएकाले समाजलाई परिवर्तन गर्न सबै जागरुक हुनुपर्ने जागृती बाल तथा युवा सरोकार नेपालकी कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो ।
समाजमा महिला भएकै कारणले हुने भेदभाव पुर्णरुपमा हटिसकेको छैन र पनि धेरै सुधार आएको बताउँदै परिस्थितिलाई दोष दिनुभन्दा पनि कसरी अगाडि बढ्ने त्यस तर्फ सोच्नुपर्ने ब्युटिसयन तिला अर्याल बताउनुहुन्छ ।
अहिल वर्तमान परिपेक्ष्यमा नारीको अवस्था हेर्दा देशमा नारीहरुले पनि नेतृत्व लिन सक्ने क्षमताको विकास भएको बताउँदै यो नारी दिवसले यसलाई क्षमतावन बन्नमा सहयोग पु¥याउने मनकामना प्राथामिक विद्यालयकी प्रधानाध्यापक धनमाया कडरियाले बताउनुभयो ।
नारी छोरी हुन, नारी बुहारी हुन, र नारी आमा पनि हुन । त्यसैले नारीको सम्मान र समान सहभागिताले समृद्ध राष्ट्रको परिकल्पना साकार हुन सक्छ । सम्पुर्ण नारीहरुमा ह्याप्पी एफ.एमको हार्दिक शुभकामना ।