कसले भन्छ तिमी कमजोर छौ?
अाफ्नो मनलाई नियाल,
सवलता पहिचान गर,
अात्मविश्वासलाई अङ्कमाल गर,
निरीह विचार त्याग,
तिमी अाफूलाई श्रापित अहिल्या नसम्झ
जो मुक्तिकालागि रामकै प्रतिक्षा गरिरहोस्।
घरको चुलोदेखि अन्तरिक्षसम्म
तिम्रा पैताला कहाँ रुकेका छन्?
बरु जहाँ चाहन्छ्यौ त्यही पुगेका छन्।
हुनुपर्छ तिम्रो मन बलियो ,
हुनुपर्छ तिम्रो विचार बलियो ,
हुनुपर्छ तिम्रो कर्म बलियो ।
तिम्रो प्रेममा जति त्याग
तिम्रो सिर्जनामा जति शक्ति
तिम्रो अाँचलमा जति माया
यो ब्रह्माण्डमा कसै सँग छैन।
हो थाहा छ,!
समाज अनुकूल नहुन सक्छ,
मान्छेको मन सुसंस्कृत नहुन सक्छ,
खराब प्रवृतिरुपी नङ्ग्रा भाच्न
तिमी अाफै जाग्नुपर्छ।
अनि स्वतन्त्रताको महसुस गर्न
कसैको साथ कुर्नु पर्दैन
मार्च अाठ कुर्नुपर्दैन।।
जय नारी