देवचुली,
आर्थिक विकासका लागि नवलपुर जिल्लामा विभिन्न उद्योग धन्दाहरु संचालित भईरहेका छन् । त्यस उद्योग धन्दामा विभिन्न कामदारहरुले काम गरिरहेको पाइन्छ । त्यसमा पनि ईट्टा उद्योग एउटा यस्तो उद्योग हो जस्मा यस क्षेत्रका भन्दा पनि वाहय् क्षेत्रका व्यक्तिहरुले बढि काम गरिरहेको पाईन्छ । यसै सन्दर्भवमा नवलपुरको देवचुली नगरपालिका वडा नं १ केउरेनीमा रहेको माता मनकामना ईट्टा उद्योगमा करिब ३ सय जना कामदार रहेका छन् ति मध्य अधिकांस प्रदेश नम्बर २ र भारतका कामदार रहेका छन् । कामदारका सब परिबार ईट्टा उद्योगमा रहेर काम गरिरहेका छन् भने उनीहरुका छोराछोरीहरुले ईट्टा उद्योग भित्र नै उचित शिक्षा समेत पाइरहेका छन् ।
माता मनकामना ईट्टा उद्योग प्रा.लि का संचालक कृष्ण प्रसाद गौतमले कुनै पनि कामदारका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस भन्ने भावनाका लागि ईट्टा उद्योग भित्र नै विद्यालयको व्यवस्था गरिएको बताउनुभयो । गौतमका अनुसार परिसर भित्र नै कक्षाको स्थापना गरेर कामदारका बालबालिकहरुलाई शिक्षिक, कपी, कलम, खेलाउन र पोसाकको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उद्योग भित्र काम गर्ने कामदारहरुले आफ्ना बालबालिका पढाउन पाउँदा उत्साहित भएको कामदार हिरालालले बताएका छन् । विगत १ बर्ष देखि माता मनकामना चिम्नी ईट्टा उद्योगमा काम गर्दै आएका हिरालालका ४ सन्तान रहेका छन् । उद्योगले नै बालबालिकालाई निशुल्क शिक्षा, कापी, कलम, खाजा प्रदान गर्दा खुसी लागेको बताएका थिए ।
अर्का कामदार राम सेवकले बालबालिकालाई शिक्षा दिन थाले पछि उनीहरुले धेरै कुरा सिक्न पाएको बताउँदै भविष्यमा बालबालिकाको चिन्ता लिनुनपर्ने बताएका थिए ।
विगत ५ बर्ष देखि ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई प्राम्भिक बाल शिक्षा संचालन गर्दै आएको उद्योगमा शैक्षिक सन्दर्भभमा रहनुभएकी सरिता गौतमले बताउनुभयो । हाल सम्म ४५ जना बालबालिका रहेको र उनीहरुलाई पढाई सँगै बिशेष गरि सरसफाई, बोटबिरुवा कसरी संरक्षण राख्ने, काम गरेपछि हात धुने जस्ता धेरै कुराको ज्ञान दिने गरेको जानकारी दिनुभयो ।