देवचुली,
देवचुली नगरपालिका वडा नं ९ विशालटारमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु भएको छ । मंगलबार लालिगुराँस/जोइन्ट भिजन कन्सल्टेन्सीको आयोजना र घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा कुसन, गुडिया, लर्फू र ढाकाका सामाग्री बनाउने तालिम सुरु भएको हो ।
कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारुले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै श्रेष्ठले यस किसिमको तालिमले महिलाहरुलाई उद्यमी बनाउदै आत्मनिर्भर बनाउने बताउँदै तालिम सिके पछि सहि तरिकाले सदुपयोग गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको थियो ।
“स्थानीय स्रोत साधानको सदुपयोग गरौ, सीप सिकौ आम्दानीमा बृद्धि गरौँ” भन्ने उद्धेश्यका साथ महिलाहरुलाई तालिम आयोजना गरिएको वडाध्यक्ष मेख बहादुर सारुले बताउनुभयो । तालिम सिकेर घरमै बसेर विभिन्न किसिमका सामाग्री बनाउन सकिने र यिनै सामाग्रीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पु¥याउन सकिने भएकाले तालिमको आयोजना गरिएको सारुले बताउनुभयो ।
समाजमा भएका गरिब तथा जेहेन्दार ४५ जना महिलाहरुलाई छनोट गरि तालिममा सहभागी गराईएको थियो । हाल यो तालिम ८ दिनको हुनेछ भने केही समय पञ्चात तीन महिनाको तालिम संचालन गरि प्रमाण पत्र समेत प्रदान गरिने सारुले बताउनुभयो ।
उक्त तालिममा पवन नेपालीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा सचिव जीवन गैरे, कार्यपालिका सदस्य खेमलाल नेपाली, वडा सदस्य रिल कुमारी तामाङ्ग लगायतको उपस्थिती रहेको थियो ।