देवचुली,
शाश्वतधामको तेस्रो वर्ष प्रवेशको अवसरमा एव्म हिन्दु धर्मावलम्बीहरुको महान पर्व शिवरात्रिको अवसरमा भजन प्रतियोगिता आयोजना गरिएको थियो । उक्त भजन प्रतियोगितामा श्री गणेश पञ्चाङ्ग मन्दिर प्रथम हुन सफल भएको छ । भजन प्रतियोगिताका उत्कृष्ट प्रतियोगिलाई सोमबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको थियो । भजन प्रतियोगितामा ११ समुह सहभागि रहेका थिए जसमा प्रथम, दोस्रो, तेस्रो र सान्तोवना उत्कृष्ट समुहलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शाश्वतधामका प्रमुख अशोक धर्तीको अध्यक्षता रहेको थियो भने सि.जि आ.ई.पिका वरिष्ठ महा प्रबन्धक राम भक्त केसीको प्रमुख आतिथ्तयता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका केसीले सनातन धर्मको जगेर्ना गर्नको लागि जुन किसिमको भजन प्रतियोगिता गरियो अति नै उल्लेखनीय रहेको बताउनुभएको थियो ।
यस्तै शाश्वतधाम परिसरका सि.ई.ओ नारायण श्रेष्ठले शाश्वतधामले भजन प्रतियोगितालाई हरेक वर्ष आयोजना गरि धर्म संस्कृतिलाई जगेर्ना गर्दै जाने जानकारी दिनुभएको थियो ।
कार्यक्रम संचालक रामचन्द्र धितालले शाश्वतधाम स्थापना भएको वर्ष देखि महाशिवरात्रिमा भजन कृतनलाई निरन्तरता दिदैँ आएको बताउँदै आगामी दिनमा यो भन्दा व्यवस्थित गर्ने बताउनुभएको थियो । उहाँले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन सके भविष्यका पुस्तालाई काम लाग्ने बताउनुभयो ।
भजन प्रतियोगितामा श्री गणेश पाञ्चाङ्ग मन्दिर गैँडाकोट प्रथम, सि.जि.आई.पि समुह दोस्रो, तारा मगर भजन समुह गैडाकोट अमारापुरी र श्री कृष्ण मन्दिर गैडाकोट १२ तेस्रो र नर्मदेश्वर शिवालय मन्दिर कावसोती, सत्य साई केन्द्र, गणेश पञ्चाङ्ग मन्दिर, शाश्वत धाम भजन समुह, गणेश मन्दिर व्यवस्थापन समिति, वैष्णव समाज सान्त्वना भएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने समुहहरुलाई हार्मोनियम, मादल, प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको शैलजा कसुजले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्षता गरिरहनु भएका अशोक घर्तीले भजन प्रतियोगिता जस्ता विभिन्न कार्यक्रमलाई निरन्तरता दिदैँ अगाडी लैजाने बताउँदै प्रतियोगितामा सहभागी सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।