देवचुली,
दादुरा रुबेला खोप अभियान २०७६/०७७ सञ्चालनको लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना गोष्ठी कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय वर्दघाट सुस्तापुर्व नवलपुरको आयोजनामा देवचुली साहारा पार्टी प्यालेसमा शनिबार र आइतबार भएको दुईदिने गोष्ठी कार्यक्रमबाट नवलपुर जिल्लामा पहिलो र दोस्रो चरण गरि अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
जस अन्तर्गत खोप कार्यक्रम पहिलो चरणमा चैत ३ गतेदेखि चैत ११ हुप्सेकोट , मध्यविन्दु ,विनियी त्रिवेणी र दोस्रो चरणमा देवचुली, कावसोती ,बुलिङ्गटार, गैडाकोट, बुम्दीकालीमा चैत १५ देखि २४ गते सञ्चालन हुने भएको हो ।
यसपटकको अभियानमा जिल्लाका ९ महिनादेखि ५ बर्षसम्मका २८ हजार ८ सय ४३ जना बालबालिकाहरुलाई यो खोप लगाउने लक्ष्य राखिएको छ । कार्यक्रममा डब्लुएचओ आईपिडि पोखराका रिजन्ल कोअर्डिनेटर डाक्टर नन्दलाल सिकर्मीले दादुरा रुबेला खोप अभियाको विषयमा प्रष्ट पार्नुभएको थियो ।
उहाँले यो खोप लगाउदा बालबालिकाहरुमा कुनैपनि किसिमको समस्या नआउने बताउदै दादुरा रुबेला खोप पुर्ण सुरक्षित रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय वर्दघाट सुस्तापुर्वका प्रमुख केशव प्रसाद चापागाईको अध्यक्षता एव्म देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्तयता रहेको थियो । कार्यक्रममा बोल्दै भुसालले २ दिने अभिमुखीकरणबाट सम्पुर्ण स्वास्थ्यकर्मीले धेरै कुरा सिक्नुभएको बताउँदै दादुरा र रुबेला खोप अभियानलाई सफल पार्न शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पालिकाका संयोजक, स्वास्थ्य शाखा प्रमुख र सुपरिवेक्षकहरु बिचमा छलफल सम्पन्न भएको छ ।