देवचुली,
समाजमा हुने हरेक क्रियाकलापमा किशोरकिशोरीलाई सहभागिता गराउनुपर्ने देवचुलीका सरोकारवालाहरुले एक कार्यक्रममा बताएका छन् । शनिबार देवचुली नगरपालिका वडा नं १० पृथ्वी माध्यमिक विद्यालयमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र वडा नं १० को सहकार्य रहेको किशोरी अधिकार संरक्षणको लागि सरोकारवालाहरु सँग वडास्तरीय छलफलमा सो कुरा बताएका थिए ।
कार्यक्रममा नेपालमा पछिल्लो समय किशोरकिशोरी माथि हुने हिंसा दुव्र्यसनी जस्ता विभिन्न घटनालाई रोकथाम गर्नको लागि किशोरकिशोरी दुवैलाई समाजमा सहभागिता गराई तालिम संचालन गर्नुपर्ने बताएका छन् ।
देवचुली नगरपालिका दोस्रो बालमैत्री नगरको रुपमा समेत चिनिएकाले यहाँका बालबालिकाहरुले पाउनुपर्ने हक, अधिकार पाएका छन् तर कुलत दुव्यसनी जस्ता विभिन्न विषयमा फस्दै गएकाले उनीहरुलाई चेतनामुलक कार्यक्रम गर्नुपर्ने पृथ्वी माध्यमिक विद्यालयका प्रधानध्यापक जयनारायण सापकोटाले बताउनुभयो । उहाँले विदेशी नकल गरेर किशोरकिशोरी विग्रिरहेको बताउँदै अभिभावकले विषेश ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयका अशिष काफ्लेले समाजमा ६० प्रतिशत किशोरकिशोरीहरु कुलतमा पस्दै गएको पाइको र विद्यालय घरवरिपरि, विद्यालय नजिकै चुरोट, रक्सी खाएको शिक्षकशिक्षिकाले देखेर पनि नदेखेको जस्ता गर्दा दुखेसो लाग्ने बताएका छन् । उनले कुनै कार्यक्रमको आयोजना गर्दा जसलाई कार्यक्रमको आवश्यकता छ त्यो नै उपस्थित नहुने गरेको र यसरी दिनानुदिन बढदै गएको विकृतीले राष्ट्रलाई नै ठुलो असर पर्ने भएकाले यस तर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा किशोरीहरुमा हुने महिनावारीको समयमा अब किशोरीहरुले विद्यालयमा, परिवारका सदस्यहरु सँग खुलेर कुरा गर्न थालेको किशोरी अभियान्ता संगम पौडेलले बताएकी थिइन् ।
सिर्जनशील आमा समुहकी अध्यक्ष सवित्रि भुसालले आफु पुरानो जमनाको भए पनि विस्तारै आफुहरुमा पनि परिवर्तन आएको बताउँदै समाजमा किशोरीहरु माथि हुने विवेदलाई समाधान गर्न तर्फ आफु मात्र नभई सम्पुर्ण लाग्नुपर्ने बताउनुभएको थियो ।
देवचुलीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सवै वडाहरुमा सरोकारवालाहरुसँगको छलफलको आयोजना गरी उनीहरुको क्षमता अभिबृद्धी गराई किशोरी अधिकारको बारेमा जानकारी प्रदान गरी किशोरीमैत्री नगरको लागि यो अभियान सुरु गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।
कार्यक्रममा वडा भित्रका आमा समुह, जनप्रतिनिधी, बालक्लव, विद्यालयबाट प्रतिनिधीमुलक रुपमा ३० जनाको उपस्थिती रहेको र कार्यक्रम देवचुली नगरपालिका वडा नं १० का केशर आलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।