देवचुली,
दादुरा रुबेला खोप अभियान २०७६/०७७ सञ्चालनको लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना गोष्ठी कार्यक्रम शनिबार देवचुलीमा सुरु भएको छ । स्वास्थ्य कार्यालय वर्दघाट सुस्तापुर्व नवलपुरको आयोजनामा देवचुली नगरपालिकामा शनिबार देखि आइतबार सम्म दुई दिने गोष्ठी हुने भएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय वर्दघाट सुस्तापुर्वका प्रमुख केशव प्रसाद चापागाईको अध्यक्षता एव्म देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्तयतामा भएको हो ।
कार्यक्रममा दादुरा र रुबेलाको खोप कसरी लगाउने , अभियानलाई कुन कुन क्षेत्रमा लागु गरिने जस्ता विषयमा चर्चा गरिएको थियो । गोष्ठीमा हरेक पालिकाहरुमा अभियानलाई प्रभावकारी रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सुक्षम योजना निर्माण गर्न गैँडाकोट नगरपालिका, बुलिङ्गटार गाँउपालिका, हुप्सेकोट गाँउपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, विनियी त्रिवेणी गाँउपालिकाका संयोजक, स्वास्थ्य शाखा प्रमुख र सुपरिवेक्षकहरु बिचमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख श्रेष्ठले दादुरा र रुबेलाको खोप विषयमा जनप्रतिनिधी भन्दा बढि स्वास्थ्य प्रमुखहरुले गहन रुपमा हेरेर अभियानलाई सम्पन्न गर्र्नुुपर्ने बताउँदै अभियानलाई सफल पार्न सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
दादुरा र रुबेला खोपलाई नेपालमा निवारण गर्नको लागि विभिन्न ठाँउमा अभियान संचालन गरिएको हो । नेपालमा दादुरा र रुबेला खोप नियमित रुपमा लगाउन छुटेका बच्चाहरुलाई समेत समेटी अभियान सफल पारिने बताईएको छ । कार्यक्रम खोप अभियान सञ्चालनको योजना निर्माण गरी भोलि समापन हुने भएको छ ।