देवचुली,
देवचुली नगरपालिका वडा नं ८ को नवनिर्मित वडा भवन समुद्वघाटन गरिएको छ । सोमबार रामबासमा रहेको पुरानो वडा कार्यालय पछाडि रहेको भवन देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले समुदघाटन गर्नुभएको थियो ।
वडा भवन समुदघाटन रिबन काटेपछि सेवाग्राही आइतमा कामीको कार्य समपादन गरि सेवा शुभारम्भ गरिएको थियो । आजको दिनबाट वडा नं ८ का वडाबासीले आफ्नै वडाबाट सेवा लिन पाउने भएका छन् ।
वडा भवन समुदघाटन कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष चन्द्र बहादुर सिंजालीले गर्नुभएको थियो भने प्रमुख आथितयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नगर प्रमुख श्रेष्ठले अबका दिनमा सेवाग्राहीहरुलाई सुःख दुःख पर्दा सधै साथ रहने र आफ्नै कार्यालयबाट सबै काम हुने भएको बताउँदै वडा नं ८ को बाटो बनाउनको लागि देवचुली नगरपालिकाले १० लाख रकम छिटै प्रदान गर्ने र वडा नं ६ लाई देवचुली नगरपालिकाको देवचुली डाँडाको पदमार्ग बनाउनको लागि १० लाख रकम प्रदान गर्ने समेत बताउँदै आगामी दिनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रमको अध्यक्षता रहनुभएको चन्द्र बहादुर सिंजालीले समाज विकासका लागि वडाबासीको सहयोगको आवश्यकता रहेको बताउँदै आगामी दिनमा वडावासीलाई कृषिमा आत्मनिर्भर बनाएर रोजगारी सिर्जना गर्ने ,विभिन्न किसिमका तालिम संचालन गरि युवावर्गलाई स्वरोजगार बनाउने, लागुऔषध कुलतबाट टाढा राखि आदर्श नागरिक निर्माण गर्ने, समय सापेक्ष जेष्ठनागरिकलाई सम्मान गर्ने, बाटो निर्माण जस्ता थुप्रै कार्य गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य देवचुली नगरपालिका वडा नं ३ का वडाध्यक्ष गोपालराज शर्मा लम्साल, वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारू मगर, समाजसेवी रण बहादुर बिरकट्टा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य वडा सदस्य चन्द्रमाया बाचेले राख्नुभएको थियो ।
कार्यक्रममा नयाँ वडा कार्यालय उद्घाटन भईसकेका वडाध्यक्षहरूलाई फूलको माला लगाएर सम्मान गरिएको थियो ।
वडा कार्यालय निर्माणका लागि १९ लाखको लागतमा सम्पन्न भएको हो । गत असारमा सम्झौता गरिएको वडाभवन ८ महिनापछि वडावासीका लागि सेवा दिने गरि शुभारम्भ गरिएको हो । यस अघि वडा नं १७, ९ र ६ को वडा कार्यालय समुद्धाटन गरि सेवा सुचारु गरिसकेको छ । देवचुलीका वडा भवन बनाउने जिम्मा डोको कन्सलट्यान्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि लिएको थियो ।