देवचुली,
हिन्दू धर्मालम्बीहरुको महान पर्व महाशिवरात्रि पर्व शुक्रबार नवलपुरको देवचुली नगरपालिकाको शास्वतधामसँगै अन्य शिवालय मन्दिर सहित देशैभरि बिहानै देखि भक्तालुहरुको घुइँचो लागेको थियो । देवचुली नगरपालिका वडा नं २ मा अविस्थत शास्वतधाममा महाशिवरात्रीको अवसरमा ३ दिने कार्यक्रम संचालन गरिएको छ । महाशिवरात्रिको अवसरमा शास्वतधामको परिसरमा रहेका एकाम्बेश्वर मन्दिर, १ सय ८ शिवलिङ्गमा जल चढाउने र पूजा गर्नेको घुइँचो लागेको छ ।
धाममा आउने आगन्तुकहरुलाई पञ्चेबाजा, बुद्दधर्मावलम्बीहरुको सांस्कृतिक झाँकी, भजन कृतन प्रस्तुत गरिएको थियो । शास्वतधाममा पूजा गर्न आउने भक्तालुहरुको लागि प्रवेशद्वारमा बेलपत्रको व्यवस्था गरिएको थियो ।
शास्वतधाम तेस्रो बर्ष प्रवेशको अवसरमा शिवलिङ्ग राखिएको स्थानमा महारुद्री अभिषेक, पूजा आराधनाको आयोजना गरिएको थियो । शास्वतधाममा एकैथलोमा हिन्दुधर्मका सबै देवीदेवताको पूजा गर्न पाइने भएकाले भक्तजनहरुको बिशेष श्रद्दा रहेको छ ।
यस्तै नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको प्रमुख आतिथ्तयतामा १२ बटुकको शोस्ती वाचन सँगै ऊँ अंकित झण्डोत्तोलन गरिएको थियो । सबेरै बौद्ध धर्मावलम्बीहरुको सांस्कृतिक, नृत्य र पन्चेबाजा सहित शास्वतधाम परिक्रमा एंवम एकाम्बेश्वर महादेवको मन्दिरमा बिशेष पूजाको आयोजना गरिएको थियो ।
कार्यक्रममा बरचुली गुम्बा कावासोतीको बुद्ध चैत्य पूजासँगै सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । महाशिवरात्री पर्वकै अवसरमा शाश्वतधामले भजन प्रतियोगिताको समेत आयोजना गरेको छ । नवलपुरव्यापी भजन प्रतियोगितामा नवलपुरका १२ भजन टोलीको सहभागिता रहेको थियो । प्रत्येक भजन समुहले ४५ मिनेट प्रति समुहका दरले भजन कृतन प्रस्तुत गरेका थिए ।
प्रतियोगिता राति अबेर सम्म पनि चल्ने भएकाले नतिजा भने शनिबार बिहान ११ बजे सावजिनक गरिने रामचन्द्र धितालले जानकारी दिनुभयो । उहाँले शाश्वतधाम मध्य नेपालकै एक प्रमुख धार्मिक गन्तव्य भएकाले धर्मावलम्वीहरुको उल्लेख्य उपस्थिती हुने गरेको बताउनुभयो ।
उहाँका अनुसार भजन प्रतियोगिताका विजयीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । भजन प्रतियोगितामा सुरेन्द्र अधिकारी संयोजक रहने गरि रामचन्द्र धिताल र अशेष बराललाई निर्णायकको रुपमा रहनुभएको छ ।
महाशिवरात्री पर्वको अवसरमा शाश्वतधाममा भएको ३ दिने कार्यक्रम ह्याप्पी एफ.एमले प्रत्यक्ष प्रसारण र अडियो / भिडियो रिपोर्टिङ्ग गरिरहेको छ ।