देवचुली,
देवचुली नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ मा चालिस प्रतिशत काम सम्पन्न भएको बुधबार नगरपालिकमा आयोजित पाँचौं नगरसभामा जानकारी गराईएको छ । कार्यक्रममा नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले गत साउनदेखि माघ मसान्त सम्मको सात महिनाको अवधिमा चालिस प्रतिशत काम सम्पन्न भएको बताउन भएको छ । जसअन्तर्गत ६ वटा वडा भवन निर्माण,नगर प्रोफाइल तयार, विभिन्न तालिम सन्चालन,सार्वजनिक जग्गा संरक्षण,औधोगिक ग्रामको प्रस्ताव, सुरक्षित आवास र फोहोर व्यवस्थापन निर्माण प्रक्रियाको सुरुवात,मुण्डे किर्तिपुर सडक निर्माण सुरु, खेलमैदानको स्तरोन्नति लगायतका विभिन्न कार्यहरु सुरु एवं सम्पन्न भएको जनाईएको छ ।
नगरसभामा सभासदहरुले आफ्ना कुराहरु राख्दै नगरपालिकाको सार्वजनिक जग्गा, नगर प्रहरीको कामकर्तव्य, घर(नक्शा पास, बजारीकरण, कृषि,जनप्रतिनिधि र कर्मचारीबिचको दुरी लगायतको समस्या रहेको बताएका थिए । यसै गरि नगरका कुनै पनि काममा राजनीति गर्न नहुने भन्दै सभासहरुले नगरको बिकासका लागी मितव्ययी कानून र ऐन बनाउनुपर्ने बताएका छन् । उठेका प्रश्नहरुको सम्बोधन गर्दै नगरपालिकाकाका उपप्रमुख तिवारीले नगरपालिकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरि नगरपालिकाको वृहत्तर हितका लागी काम गरिरहेको बताउनुभयो ।
पाँचौ नगरसभामा पेश भएको कानून विधेयक भने थप अध्ययन गर्नुपर्ने भन्दै अर्को मितिमा पास गर्ने गरि नगरसभा स्थगित गरिएको छ । नगरसभामा प्रमाणीकरण ऐन,नगर शिक्षा ऐन,फोहोरमैला व्यवस्थापन ऐन,नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,निजि,सार्वजनिक साझेदार ऐन, सहकारी ऐन लगायतका ऐनमा नगर सभासदले थप अध्ययन गरि संशोधन प्रस्ताव पेश गरिने गरि आगामी फाल्गुन १६ गते शुक्रबार पुनस् नगरसभा बोलाई टुंग्याईने नगरसभाको अध्यक्षता गर्नुभएका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो । नगरसभालाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले कहिलेकाहीं नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीले एकअर्कालाई दोष लगाउने गरेकाले समस्या हुने गरेको बताउनुभयो ।
नगरसभामा छलफल भएका बिषय नगरपालिका र सेवाग्राहीको आवश्यकताका आधारमा जुनसुकै बेला संशोधन हुन सक्ने भएकाले एउटा नगर्सभाले मात्रै सबै कानून बन्न नसक्ने भुसालले बताउनुभयो । नगरसभामा देवचुली १२ बाहेक अन्य वडाका केन्द्र तोकिएको स्थानलाई सर्वसम्मत पास गरिएको छ । ७ महिनाको अवधिमा ११ किमी सडक कालोपत्रे भई कार्यान्वयनको चरणमा रहेको, ५.५ किमी सडक नाला निर्माण, ७ किमी ग्राभेल सडक निर्माण, १५ वटा कल्भर्ट,१० वटा सार्वजनिक भवन ९वडा कार्यालय सहित०, १ झोलुंगे पुल, २ खानेपानी ट्यांकी निर्माण र ३.५ किमी खानेपानी पाइप बिस्तार गरिएको नगरसभामा प्रस्तुत प्रगति प्रतिवेदनमा जानकारी गराईएको छ । यसैगरी ४०.९० ५ वित्तीय प्रगति, ४ सय ९७ वटा योजना, १७ सय ६७ व्यक्तिगत घटना दर्ता, ५ सय ३७ जनालाई अपांगता परिचयपत्र वितरण र ५ सय ६१ वटा व्यवसाय दर्ता गरिएको छ । यो अवधिमा देवचुली नगरपालिकाबाट ४ करोड ११ लाख ४९ हजार ८ सय रुपैंया निकासी गरिएको पाँचौ नगरसभामा प्रस्तुत प्रगति प्रतिवेदनमा जनाईएको छ ।