देवचुली नगरपालिका वडा नं २ मा अवस्थित शाश्वतधाममा महाशिवरात्रीको अवसरमा ३ दिन कार्यक्रम हुने भएको छ । जसमा शाश्वतधाम ३ बर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको हो । शिवरात्रीको अघिल्लो दिनबाट सुरु हुने पुजाआजा, भजन कृतन लगाएतका कार्यक्रमहरु शिवरात्रीको भोलीपल्ट सम्म हुने भएको छ ।
जस अन्तरर्गत शिवरात्रीको अघिल्लो दिनमा पूर्वङ्ग पुजा,नृत्य पुजा, सामुहिक रुद्र अविसेक, बुद्ध चैतेमा हुने पुजा, गुम्बा परिक्रमा, हवन लगाएतका कार्यक्रमहरु हुने छ भने शिवरात्रीको विशेष दिनमा मन्दिर भित्र गरिने पुजाहरुमा दिप प्रज्वलन,प्रथम,द्धितिय र तृतिय प्रहर पुजा, चतुर्थी प्रहर पुजा गरिन्छ साथै कृष्ण लिलाको ठाउँमा गायन्त्री मन्त्र लगाइने र दर्शन गरेमा मनको इच्छा पुरा हुने भएकोले धातु राखिएको हुन्छ ।
शाश्वतधामकी सैलीजा कसासुले कार्यक्रममा भजन कृतन, दुर्गाको प्रतिष्थापन १ सय ८ शिवलिङ्गको नजिकै गरिने भएको बताउदै नेपालमा रहेको नौँ मुठे गाई गौशालामा ल्याएर राखिएको र बुद्ध र हिन्दुलाई जोड्ने एक गार्डेनको निर्माण समेत गरिएको बताउनुभयो । उहाँले सांस्कृतिक भेषभुषालाई जोगाउनको लागि नेपाली पन्चेबाजा, थारु नृत्य, मगर नृत्य, गुरुङ्ग नृत्य,नेवार नृत्य, लगाएतका नृत्यहरु प्रस्तुत गरिने समेत बताउनुभयो । उहाँले शिवरात्रीलाई भव्यताका साथ सम्पन्न गर्ने लक्ष लिईएको बताउदै आमा समुह, टोल सुधार समिति, संघसंस्था, भजन समुह लगाएतलाई निमन्त्रणा गरिएको बताउनुभयो ।