देवचुली,
देवचुली नगरपालिका वडा नं १३ को आयोजनामा ५ सय ९५ जना स्थानीय कृषक उपभोक्ताहरुलाई लहरे तरकारीको विउविजन वितरण गरिएको छ । आइतबार कुमारवर्ती मन्दिर र देवचुली उद्योग वाणिज्य संघको सभाहलमा वडा भित्रका उपभोक्ताहरुलाई विउविजन वितरण गरिएको हो ।
कुनै पनि व्यक्तिले आफ्नो करेसाबारीमा हरिया जातका तरकारी खेती गर्न प्रोत्साहन गर्ने उद्धेश्यले उपभोक्ताहरुलाई लहरे तरकारीको विउ विजन वितरण गरिएको देवचुली नगरपालिकाका प्रभक्ता एंवम वडा नं १३ का वडा अध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले कृषक उपभोक्ताहरुले आफ्नै घरमा तरकारी फलाएर निरोगी र स्वास्थ्य रहन समेत आग्रह गर्नुभएको थियो । उहाँका अनुसार विउविजन वितरणका लागि ५० हजार बजेट विनियोजन गरिएको बताउनुभयो ।
कार्यक्रममा विउविजन लिन आउने कृषकहरु खुशी देखिन्थे । वडाबाट यसरी बेलाबेलामा विउविजन वितरण गर्दा कृषकहरुले पनि आफनै घरमा तरकारी लगाएर खानुपर्छ भन्ने सोच आउने बताउँदै वडालाई धन्यवाद व्यक्त गरेका थिए ।
विउमा लौका, घिरौला, करेला, बोडि लगायतका लहरे तरकारी वितरण गरिएको कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदीले बताउनुभयो । यदि विउको उचित तरिकाले उपयोग गर्न सके कृषिमा आत्मनिर्भर बन्न सकिने सुवेदीले बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रभक्ता एवम वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीको अध्यक्षता रहेको थियो भने वडा सचिव चित्र बहादुर खत्री, कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदी, वडा सदस्य लालीमाया सुनार, ओम नारायण महतो, जग बहादुर बोटे लगायतको उपस्थिती रहेका थियो ।