देवचुली
देवचुलीका वडा सचिवहरुलाई क्षमता विकास तालिम माघ २८ गते देखि सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजनामा वडा सचिवहरुलाई ८ दिने तालिम नगरपालिकाको सभाहलमा बिहान ७ बजे देखि १० बजे सम्म संचालन भएको हो । माघ २८ गते मंगलबार पहिलो दिनको कार्यक्रमको समुद्धघाटन देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा पहिलो सेसन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले गर्नुभएको थियो ।
उहाँले देवचुली नगरपालिका भित्र बिषेश गरि कार्यलय सहयोगी, प्रमुख र कर्मचारीहरुलाई जनताले पाउने सेवामा कसरी सुधार ल्याउन सकिन्छ । यसको सकारात्मक पक्षलाई बढाउन र नकारात्मक पक्षलाई र्निमुल पारी जनतालाई सुशासन र पारदर्शीताको आभाष बनाउन सकिन्छ भने बिषय बस्तुमा केन्द्रीत भई कार्यक्रम गर्नु भएको थियो । भुसालले कर्मचारीहरुलाई सेवा प्रदायक हुदाँ हुने सेवाचार अपेक्षालाई विस्तृत रुपमा व्याख्या गर्नुभएको थियो ।
सबै कर्मचारीहरु आफ्ना काम, कर्तव्य र जिम्मेवारीको पुर्ण रुपमा आत्म साथ गरि देवचुली नगरपालिकालाई कसरी हाम्रो र राम्रो बनाउन सकिन्छ भन्ने कुरामा व्याख्या गर्नुभएको थियो । यस्तै माघ २९ गते दोस्रो दिनको सेसनमा देवचुली नगरपालिकाका सूचना प्रविधि अधिकृत कृष्ण हरि सापकोटाले प्रशिक्षण दिनु भएको थियो । उहाँले कार्यालयमा प्रयोग हुने विद्युतीय सामाग्रीलाई कसरी व्यवस्थापति तरिकाले प्रयोग गर्न सकिन्छ र यसको फाईदाले सेवा प्रवाहमा यक्तदस्त र पारद्धर्शी बनाउन सकिन्छ भनि आफनो विषय वस्तुमा केन्द्रीत भई सम्पुर्ण कर्मचारीहरुलाई कम्पुटर, प्रिन्टर, फोटोकपी, टेलिफोन, प्रोजेक्टर आदि बाट विद्युतीय औजारको प्रयोगात्मक तरिकाले र मौखिक तथा प्रयाेगात्मक बाट सबैलाई परिक्षण दिनुभएको थियो ।
दोस्रो दिनको दोस्रो सेशनमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले कार्यालय सुशासन, दर्ता, चलानी, अभिलेख व्यवस्थापन र कार्यालय प्रशासन सुधारको विभिन्न चरण गरि प्रशिक्षण दिनुभएको थियो । फागुन १ गते तेस्रो दिनको कार्यक्रममा पहिलो सेसन देवचुली नगरपालिकाका अधिकृत स्तर छैटौँ र सुचना अधिकारी अविनास पन्थीले गर्नुभएको थियो । उहाँले सार्वजानिक सेवा प्रवाह, कार्यालय प्रशासन सम्बन्धी संचालन सम्बन्धी दुई विषयवस्तुमा नयाँ तथा कार्यभर गर्नु हुने वडा सचिव, स्वास्थ्य कर्मचारीहरुलाई देवचुली नगरपालिकाको कार्यालय संचालन कसरी गरिएको छ र यसमा सुधार ल्याउनुपर्ने विषय वस्तुलाई हाम्रो भुमिका के कस्तो रहन्छ भनि व्याख्या गर्नुभएको थियो ।
सार्वजानिक सेवा प्रवाह, संघ, प्रदेश र स्थानीय तहको संरचनाले गर्दा होस या सेवा प्रवाह के कस्तो हुनु पर्याे र हामी कुन चरणबाट व्याख्या गरी सबैको राय सुनी त्यसको प्रति उत्तर दिनुभएको थियो । यस्तै कार्यक्रममा देवचुली नगरपालिकाका लेखा अधिकृत श्री भद्र पौडेलले आर्थिक प्रशासन शाखाबाट हुने समस्यालाई कसरी न्यूनिकरण गरी सेवालाई छिटो गरि नागरिक सन्तुष्टी नै कार्यलयको मुख्य उद्धेश्य रहेको र त्यसबाट जनता मात्र नभई कर्मचारी ज्यूहरुले पालन गर्नुपर्ने आचार संहिता प्रष्ट पार्नु भएकाे र आर्थिक एेन र नियमवाली अनुसार कार्यलय संचालन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यलयमा हुने डाेर हाजिरी विल भरपाई भ्रमण आदेश खरिद आदेश, प्रिन्सी दाफिला र मासिक रुपमा प्रतिवेदन बनाउन सिकाउनु भएको थियो । यसले सम्पुर्ण कार्यलयलाई नै राम्रो हुने र नियम कानुनको दायरा भित्र रहि कार्य गरेमा कर्मचारी र कार्यलय राम्रो हुने बताउनुभयो । यस्तै कार्यक्रमको अर्काे सेसनमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले कार्यलयमा काम गर्दा कार्यलय प्रमुखको आदेश विना कुनै पनि काम नगर्नु र यदि नियम र कानुन विपरित भए प्रमुखले आदेश दिदाँ पनि नियम कानुनको व्यवस्थाको कारण गर्न सक्ने नसक्ने गरी कार्य गर्न सक्ने नसक्ने गरी कार्य गरियो भने सबै सुरक्षित र जनतामा पनि भ्रममा हुने र कार्यलयमा आउन बाध्य कठिनाईलाई प्रमुख प्रशासकीय अधिकृत समक्ष भनि कार्यको समाधान गर्न सकिने बताउनुभयो ।
तालिमको अर्काे दिन फागुन २ गतेको पहिलो सेसन देवचुली नगरपालिकाका पन्जिकरण तथा सामाजिक सुरक्षा, प्रशासन शाखाका भेषराज पौडेलले सामाजिक सुरक्षा र बैठक प्रणाली, भत्ता पाउने उमेर समुह र जेष्ठ नागरिएकमा ७० बर्ष उमेर पुगकेो हुनुपर्ने, दलित जेष्ठ नागरिक, ६० बर्ष उमेर, विद्युवा, अपाङ्ग, दलित, बसाईसराई जस्ता विषयमा कुरा राख्नुभएको थियो । तालिममा पहिलो दिनको प्रतिवेदन गंगा भुसाल र व्यवस्थापन रविन्द्र पौडेलले गर्नुभएको थियो दोस्रो दिनको जिवन गैरे, व्यवस्थापन र प्रतिवेदन हरि प्रसाद पोख्रेल, तेस्रो दिनको प्रतिवेदन संझना डुम्रे र व्यवस्थापन निर्मला कण्डेल र चौथो दिनको प्रतिवेदन शान्ति सुवेदी, व्यवस्थापन विद्या पौडेल र संयोजक र सहजीकरण सूचना प्रविधि अधिकृत कृष्ण हरि सापकोटाले गर्नुभएको थियो ।