देवचुली,
समृद्ध नेपाल बनाउनको लागि युवाहरु जाग्नुपर्ने राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिृकत डा. बाबुराम ढुङ्गनाले उद्यमशिलता र स्वरोजगार सम्बन्धमा युवा परामर्शको एक कार्यक्रममा बताएका थिए । शनिबार देवचुलीमा आयोजित युवा परामर्श कार्यक्रममा बोल्दै युवाहरु पढाई क्षेत्रमा विदेशीय पनि भविष्यमा आफ्नो देश नेपालमा फर्केर काम गर्नुपर्ने बताएका हुन ।
अब मुलुकलाई समृद्ध र विकास तर्फ लैजानको लागि युवाहरु जागरुक हुनुपर्ने बताउँदै युवाहरु कृषि प्रबद्र्धन, पर्यटन प्रबद्र्धन, उद्योमशिलता, वातावरण संरक्षण, लैङ्गिक हिंसा र स्वास्थ्य तथा खेलमा युवा परिचालन तर्फ काम गर्नुपर्ने कुरामा जोड दिएका थिए । देशका कयौँ युवाहरु दैनिक विदेशी रहेको अवस्थामा अब स्वदेशमा रहेर पढाई सँगै सिप सिकेर काम गर्नुपर्ने बताएका थिए ।
कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद, र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका किशोरी अभियान्ता सोस्तिका भण्डारीले गर्नुभएको थियो भने राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत डा. बाबुराम ढुङ्गनाको प्रमुख आत्थितयता रहेको थियो ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय तथा शिक्षा इकाई प्रमुख कृष्णचन्द्र पोख्रेल, जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोतम पौडेल, किशोरी शसितmकरण कार्यक्रमका सल्लाकार समितिका पदाधिकारी, कार्यपालिका सदस्य, किशोरी अभियान्ता लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रतिमा आचार्य, सन्तोषी भुर्तेल, रेजीना घर्ती, रिता राई मगर, चिनमाया सारु, स्वास्तिका भण्डारी, मधु देवकोटा गरि ७ जनालाई छात्रवृती समेत वितरण गरिएको थियो ।