देवचुली,
किशोरी अधिकार संरक्षणका लागि देवचुलीका किशोरीहरुले आवाज उठाइरहँदा उनीहरुले किशोरी अवस्थामा हुने समस्य जस्तै महिनावारीका विषयमा पनि आफ्ना कुराहरु सहजै राख्न सक्ने भएका छन् । जागृती बाल तथा युवा सरोकार नेपालद्धारा संचालित किशोरी सशक्तिकरण कार्यक्रमका किशोरीहरु यति बेला महिनावारीको समयमा प्रयोग हुने सेनेटरी प्याड बनाउँदै छन् ।
शुक्रबार जागृती बाल तथा युवा सरोकार नेपालद्धारा संचालित १ दिने सेनेटरी प्याड निर्माण तालिम देवचुली उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।
अहिले पनि कतिपय समाजमा महिनावारी भएको समयमा विद्यालयमा जानुहुदैँन, आफ्नो दाजुभाईलाई हेर्नु हुदैँन, जस्ता छुवाछुत प्रविद्धिको अन्त्य गर्नको लागि देवचुलीका किशोरीहरु लागि परेको छन् ।
पहिले पहिले महिनावारीको समयमा घरपरिवार सँग भन्न डर लाग्ने, विद्यालयमा जाँदा लाज हुने डर लाग्ने गथ्यो भने किशोरी सशक्तिकरण तालिम पाए पछि आफुमा आत्मबल बढेको र महिनावारीको समयमा खुलेर कुरा गर्ने प्याडको आवस्यकता पर्दा दाई तथा बाबालाई ल्याइदिन भन्न सक्ने अवस्था आफुमा सिर्जना भएको किशोरी सशक्तिकरणकी अभियान्ता सुमिना कुमालले बताउँछिन् ।
यस्तै अर्की किशोरी अभियान्ता निरुता खत्रीले तालिम पाए पछि आफुले सिकेको कुरा व्यवहारमा उर्तानको लागि आफ्नो परिवारलाई विश्वास दिलाउन सफल भएको बताएकी थिइन् । उनले, मेरो परिवार शिक्षित हुन्थ्यो तर पनि घरवरिपरिको वातावरणले महिनावारीको समयमा बारेर बस्नुपर्ने अव्स्था रहेको बताएकी थिइन् । अहिले तालिम सिके पछि घरपरिवार सँगै साथीहरुलाई पनि महिनावारीको समयमा खुलेर कुरा गर्ने आँट आएको सुनाउँछिन ।
पहिले चेतनाको अभावमा किशोरीहरु महिनावारी भएको बेला विद्यालय नजाने र विद्यालयको पढाई छुटने समस्या हुने भिमसेन आदर्श नमुना माध्यमिक विद्यालयकी शिक्षिका निर्मला काफ्लेले बताउनुभयो । तर बेलाबेलामा किशोरीहरुलाई यसरी तालिम संचालन गर्दा किशोरीले महिनावारी हुदाँ कस्तो खालको प्याड प्रयोग गर्ने, बजारीया प्याड प्रयोग गर्ने कि नगर्ने जस्ता धेरै कुरा थाहा हुने गरेको र तालिम निकै नै उपयुक्त लागेको बताउनुभयो ।
उक्त कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथती रहनुभएका राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत डा. बाबुराम ढुङ्गनाले यदि स्वास्थ्य र निरोगी भयौँ भने मात्र देश विकासका निम्ति काम गर्न सक्ने बताउँदै पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने जोड दिनुभएको थियो ।
कार्यक्रममा किशोरी अभियान्ता, जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षिका, बालक्लबका किशोरी लगायतको उपस्थिती रहेको थियो भने जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोतम पौडेलको अध्यक्षता रहेको र राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत डा. बाबुराम ढुङ्गनाको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रमको सहजीकरण किशोरी अभियान्ता आशा वि.क र सागर पराजुलीले गर्नुभएको थियो ।