देवचुली, दिपक शर्मा
नेपालमा पछिल्लो समयमा किशोरीमाथी हुने असमानता, हिंसा र दृव्र्यवहारको अन्त्यको लागि किशोरीका अभिभावहरु जागरुक भए मात्र न्युनिकरण संभव रहेको कुरा देवचुलीमा भएको छलफल कार्यक्रममा सरोकारवालाहरुले बताए ।
देवचुली नगरपालिका वडा नंं। ११ र जागृति बाल तथा युवा सरोकार नेपालद्धारा संचालीत सरोकारवालाहरुको छलफल कार्यक्रममा उक्त भनाईहरु आएका हुन् ।
देवचुली नगरपालिका शिक्षा र हरेक हिसावले अगाडी रहेको र बालमैत्री नगरको रुपमा समेत चिनिएकोले समेत यहाँका बालबालिकाहरुले पाउनुपर्ने हक, अधिकार पाएका छन् तैपनी केही समस्याहरु लागुऔषध दृव्र्यसन र खुलम खुल्ला रुपमा विक्रि वितरण गर्नाले बालबालिकाहरुमा नकरात्मक असर परेको कुरा भृकृटी बोडिंग स्कुलका प्रिन्सिपल ढाकाराम भट्राईले बताउनुभयो । यसको लागि जनप्रतिनिधीहरु सरकार भएकोले नीति निर्माण गरी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
किशोरीहरुमाथी रहेको असमानताहरुको अन्त्यको लागि किशोरीहरुलाई तालिम सञ्चालन गरी उनीहरुको मार्फतबाट अभिभावक समुदायमा सन्देश फैलाउन सके यसको प्रभावकारीता हुने र यसको लागि स्वयम किशोरीमा आधारीत कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा महिला अधिकारकर्मी बिमला अधिकारीले बताउनुभयो ।
किशोरकिशोरीको उमेरमा नै शारीरिक, मानसिक, संवेगात्मक र अन्य विभिन्न खालका परिवर्तनहरु आउने र उनीहरुलाई सही समयमा मनोसामाजिक परामर्श आवश्यकता पर्ने भएकोले स्वास्थ्य संस्थाहरुबाट समेत यस्ता खालका कार्यक्रमहरु सञ्चालन हुने र यसको लागि समन्वय गर्नको लागि प्रगतिनगर स्वास्थ्य चौकीका अहेव लिला डुम्रे भुसालले बताउनुभयो ।
देवचुलीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सवै वडाहरुमा सरोकारवालाहरुसँगको छलफलको आयोजना गरी उनीहरुको क्षमता अभिबृद्धी गराई किशोरी अधिकारको बारेमा जानकारी प्रदान गरी किशोरीमैत्री नगरको लागि यो अभियान सुरु गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका सविता पंगेनीले बताउनुभयो ।
कार्यक्रममा वडा भित्रका युवाक्लव, आमा समुह, जनप्रतिनिधी, बालक्लव, विद्यालय, स्वास्थ्य संस्थाबाट प्रतिनिधीमुलक रुपमा ६० जनाको उपस्थिती रहेको र कार्यक्रम देवचुली नगरपालिका नगर कार्यपालिका सदस्य शकुन्तला गुरुँगको अध्यक्षता तथा वडा अध्यक्ष रमेश ठाडामगरको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।