देवचुली,
देवचुली नगरपालिका वडा नं ५ बन्दिपुरमा ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालबालिकाहरुको लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार देखि सुरु भएको कार्यक्रम देवचुली नगरपालिकाका ग्रामीण क्षेत्रमा बुधबार तेस्रो दिनको निशुल्क स्वास्थ्य शिविर बन्दिपुरमा सम्पन्न भएको हो । उक्त निशुल्क स्वास्थ्य शिविरमा १ सय १६ भन्दा बढीले स्वास्थ्य सेवा लिएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका सि अ हे व अधिकृत शिव पराजुलीले जानकारी दिनुभयो ।
गाँउमा निुशल्क स्वास्थ्य शिविर पुगेको थाहा पाए पछि चेकजाँच गर्न आउने स्थानीयको अनुहारमा खुशी छाएको थियो । गाँउमा घरको कामले बिरामी हुदाँ पनि चेकजाँच गर्न जान नपाउने गाँउमै स्वास्थ्य शिविर पुगे पछि स्थानीयको घुइँचो लागेको थियो ।
शिविरमा बिषेश गरि छाला, सुगर, प्रेसर, नसा, ग्याष्ट्रीक, लुतो, दाज, राुगा खोकी, जस्ता बिरामीहरुले उपचार गरिएको दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्रकी डा. आरती श्रेष्ठले बताउनुभयो । उहाँले धेरै जसो बृद्धबृद्धाहरुमा प्रेसर र छाला सम्बन्धी रोग देखा परेको बताउनुभयो । साथै शिविरमा चेकजाँच गराइसके पछि निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो भने उक्त शिविरमा डा. आरती श्रेष्ठ, स्वास्थ्य कर्मी राम कुमार श्रेष्ठ, शिव प्रसाद पराजुली, नर्सिेङ्ग स्टाफ कृष्ण कुमारी आचार्य, सिता पराजुली, सिमा मल्ल, नविन ओली तथा स्वास्थ्य स्वंयम सेविकाहरुले सेवा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिवलाल सापकोटा लगायतले शिविरमा अवोलकन गर्नुभएको थियो ।