देवचुली,
देवचुली नगरपालिका वडा नं ९ विशालटारमा ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालबालिकाहरुको लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिविर कालिका माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
उक्त निशुल्क स्वास्थ्य शिविरमा २ सय ५५ भन्दा बढीले स्वास्थ्य सेवा लिएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो । निुशल्क स्वास्थ्य शिविर पाए पछि स्थानीय खुशी भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका सि अ हे व अधिकृत शिव पराजुलीले जानकारी दिनुभयो ।
शिविरमा बिषेश गरि छाला, सुगर, प्रेसर, नसा, ग्याष्ट्रीक, लुतो, दाज, राुगा खोकी, निमोनिया जस्ता बिरामीलाई उपचार गरिएको दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्रकी डा. आरती श्रेष्ठले बताउनुभयो । साथै शिविरमा चेकजाँच गराइसके पछि निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो भने उक्त शिविरमा डा. आरती श्रेष्ठ, स्वास्थ्य कर्मी चित्र बहादुर सुनार, राम कुमार श्रेष्ठ, शिव प्रसाद पराजुली, नर्सिेङ्ग स्टाफ कृष्ण कुमारी आचार्य, सिता पराजुली, ठल्लीमाया थापा मगर, सिमा मल्ल, नविन वली तथा स्वास्थ्य स्वंयम सेविकाहरुले सेवा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, वडा नं ९ का वडा अध्यक्ष मेख बहादुर थापा मगर लगायतले शिविरमा अवोलकन गर्नुभएको थियो ।