देवचुली,
Y-Service Club Of Lumbini Nepal को आयोजनामा देवचुली नगरपालिका वडा नं ४ मा रहेको शान्ति सृजना आधारभुत विद्यालयमा अस्ट्रेलिया, मलेशिया र ताइवनका २० जनाको टोलिलाई स्वागत तथा विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा विदेशी अस्ट्रेलिया, मलेशिया र ताइवनका २० जना विद्यार्थीहरु शान्ति सृजना आधारभुत विद्यालयमा ३ दिन बसी विद्यार्थीहरुलाई शिक्षा सम्बन्धी ज्ञान दिने भएका छन् ।
कार्यक्रमको अध्यक्षता Y-Service Club Of Lumbini Nepal का अध्यक्ष दिपक भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथीका रुपमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगर रहनुभएको थियो । यस्तै विशिष्ट अतिथीका रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव्म देवचुली नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्री रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै गाहाले अब आफ्ना छोराछोरीलाई बोडिङ्ग मात्र नभई सामुदायिक विद्यालयमा पढाउन आवश्यक रहेको बताउनुभएको थियो । सामुदायिक विद्यालयमा नेपाल सरकारले तालिम दिएर पठाएका शिक्षक शिक्षिकाहरुले पढाउने गरेकाले अभिभावकहरुले विश्वास गरेर आफ्नो गाँउ ठाँउमा भएको सामुदायिक विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने बताउनुभएको हो । उहाँले अब नेपाल सरकारको कानुन अनुसार कुनै पनि बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निति बन्न लागेको जानकारी दिनुभएको थियो । गाहाले सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले समाज विकास र देश विकासका लागि काम गर्ने बताउनुभएको थियो ।
Y-Service Club Of Lumbini Nepal को यस अभियानले नेपाल आएका २० जना विदेशी विद्यार्थीहरुले शान्ति सृजना आधारभूत विद्यालयका विद्यार्थीहरु सँग घनिष्ट मित्रताको सम्बन्ध राखे भविष्य उज्वल रहने बताउनुभएको थियो । गाहाले भिजिट नेपाल २०२० लाई सफल पार्न यसले ठुलो मद्धत पु¥याउने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दैY-Service Club Of Lumbini Nepal का अध्यक्ष दिपक भण्डारीले विगत २ बर्ष देखि नेपालमा स्थापना गरिएको यस संस्थाले अष्ट्रयलीया, मलेसिया, ताईवन जस्ता विभिन्न देशका विद्यार्थीहरु नेपालमा अवोलोकन गरि शिक्षा सम्बन्धी ज्ञान प्रदान गर्ने बताउनुभएको थियो । उहाँले विकट ठाँउमा रहेका विद्यालयमा पुगि त्यहाँका विद्यार्थीहरु सँग रहेर घुलमिल गर्ने एक अर्काेको संस्कृतिमा रमाउने बताउँदै ३ दिनको यस अन्र्तक्रियामा विद्यार्थीहरुले समेत कसरी शिक्षालाई अगाडि बढाउने जस्ता विषयमा धेरै ज्ञान आर्जन गर्न सक्ने बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्दैँ यसरी विद्यालयमा विदेशी विद्यार्थीहरु सँग विद्यार्थीहरुलाई घुलमिल गराउँदा विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाउने बताउनुभएको थियो । कार्यक्रम युवा अभियान्ता शुशिल चापागाईँले संचालन गर्नुभएको थियो ।