देवचुली,
संयुक्त टोल सुधार समितिको आयोजनामा देवचुलीमा ७ वटा टोल सुधार समितिको नामकरण गरिएको छ । आइतबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको कार्यक्रममा देवचुलीमा रहेका ७ वटा टोलको नामकरण समापन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता संयुक्त टोल सुधार समितिका अध्यक्ष मणि भुर्तेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठ रहनुभएको थियो । यस्तै विशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका प्रभक्ता एव्म वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्री रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले टोल सुधार समितिले विकास मूलक सिर्जनशील कार्यहरु गर्दै, समाज रुपान्तरणका लागि भुमिका खेप्नुपर्ने बताउनुभयो ।
यस्तै वडा नं १३ का वडा अध्यक्ष खत्रीले आफ्नो टोललाई अगाडि बढाउन टोलका सबै व्यक्ति सक्रिय रुपमा अगाडि बढनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा ७ वटा टोल सुधार समितिको नामकरणमा गणेश टोल सुधार समिति, वोटे टोल सुधार समिति, वागेश्वरी टोल सुधार समिति, सिर्जनशील टोल सुधार समिति, देवचुली टोल सुधार समिति, कुमारवर्ती टोल, सुधार समिति,भाग्य पुरी टोल सुधार समितिको स्थायी नामकरण, मार्गको नामकरण र प्रस्थान विन्दुको दिशा उल्लेख गरिएको थियो ।
कार्यक्रममा देवचुली कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदी, बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, नेपाली काँग्रेस नगर सचिव नारायण पौडेल, भातृभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेल, कुमारवर्ती विद्यालयका प्रधानध्यापक ठाकुर प्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।