देवचुली नगरपालिका वडा नं १६ मा रहेको धुसेरी सामुदायीक वन उपभोक्ता समुह कार्यालयको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल गण्डकी प्रदेश द्वारा आयोजना र धुसेरी सामुदायीक वन उपभोक्ता समुहको मुख्य सहयोगीमा सो तालिम गरिएको हो । प्रशिक्षको रुपमा बार एशोसिएसनका अध्यक्ष गणेश सापकोटा रहनुभएको थियो । तालिममा उपभोक्ता सचेतना कार्यक्रम, उपभोक्ताका सिद्धान्तहरु,अखाद्य मिसावटबाट हुने असरहरु, वस्तु वा सेवा उपभोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, वजारको मिसावट प्रकृति,वजार अनुगमन टोलीको काम,कर्तव्य र अधिकार जस्ता थुप्रै विषयहरु उल्लेख गरीएको थियो ।
तालिममा बार एशोसिएसनका अध्यक्ष सापकोटाले अखाद्य मिसावट बाट प्यारालाईसीस,मृगौला,कलेजो, पाचन प्रणालीमा असर, क्यान्सर,आखाँ र दिमागमा असर, अनिन्द्रा भोक नलाग्ने,खाना खाएतापनि वाकवाकी लाग्ने जस्ता असरहरु देखिने विषयहरु उल्लेख गर्नुभयो । उहाँले अखाद्य बस्तुले असर गर्नेहुदा बस्तु वा सेवा उपभोग गर्दा ध्यान दिनुपर्ने कुराहरुमा उत्पादकको नाम, ठेगाना, दर्ता नं,ब्याज नं,उत्पादन मिती,मुल्य,म्याद समाप्ती मिती, मिश्रणका तत्वहरु, उपभोग गर्ने तरिका र सो अनुसार नभए त्यसबाट हुने असर, वारेन्टी,ग्यारेन्टी सबै हेर्नुपर्नेमा विशेष जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता उपभोक्ता हित संरक्षण मञ्च नेपाल गण्डकी प्रदेशका सदस्य टोपराज कोईरालाले गर्नुभएको थियो भने कावसोती नगरपालिक , मध्यविन्दु नगरपालिका उपभोक्ता हित संरक्षण मञ्च नेपाल अध्यक्षहरु, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीको सहभागिता रहेको थियो ।