देवचुली,
देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगरमा रहेको पशुपति वौदिक आश्रममा मन्दिरको समुदघाटन तथा आश्रमको संरक्षकत्व हस्तान्तरण गरिएको छ । बिहिबार श्री पञ्चमी अर्थात बसन्त पञ्चमीको अवसर पारेर नव निर्मित श्री महाकाली, श्री महालक्ष्मी र श्री महासरस्वतीको नयाँ मन्दिरको समुदद्याटन गरिएको छ भने पशुपति वैदिक आश्रमको संरक्षण संम्बर्धनका निमित्त कार्यभार हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक संरक्षक श्री १०८ स्वामी सच्चिदानन्द पुरी महाराज संरक्षकत्व , विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नेत्रलाल पौडेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठ रहनुभएको थियो । यस्तै विशिष्ट अतिथीका रुपमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, संहिना शास्त्री अर्जुन प्रसाद बास्तोला लगायतको रहेको थियो ।
कार्यक्रममा नवनिर्मित मन्दिरको समुदघाटन देवचुली नगरपालिकाका नगर प्रमुख पूणकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले देवचुली नगरपालिका भित्र रहेको पहिलो र एक मात्र संस्कृत माध्यमिक विद्यालयले ठुलो गौरव बोकेको र आगामी दिनमा यस विद्यालयले विद्यार्थीहरुलाई अनुशासित ठंगले अगाडि बढाउने उनीहरुमा नैतिकताका आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले विद्यालयलाई अगाडि बढाउन यहाँका बुद्धिजिवि, शिक्षकशिक्षिका लगायतको साथ र सहयोगको आवश्यकता पर्ने गरेको बताउदैँ आफ्नो क्षेत्रबाट पनि सहयोग रहने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा विद्यालयका संस्थापक संरक्षक श्री १०८ स्वामी सच्चिदानन्द पुरी महाराज संरक्षकत्वले पशुपति वैदिक आश्रमको संरक्षण संम्बर्धनका निमित्त कार्यभार विद्धान सहिताशास्त्री अर्जुन प्रसाद वास्तोलालाई हस्तान्तरण गर्नुभएको थियो । बास्तोलाले आगामी दिनमा यस विद्यालयलाई अगाडी बढाउन आफ्नो सक्दो प्रयास रहने बताउनुभएको थियो । यस्तै नव निर्मित श्री महाकाली, श्री महालक्ष्मी र श्री महासरस्वती नयाँ मन्दिर बनाउने चिरञ्जीवी बस्नेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नेत्रलाल पौडेलले आगामी दिनमा विद्यालयलाई नमुना संस्कृत विद्यालयको रुपमा चिनाउने बताउनुभएको थियो । कार्यक्रममा उपस्थित वक्ताहरुले शुभकामना मन्त्वय राखेका थिए भने कार्यक्रममा विभिन्न संघसंस्थाका जनप्रतिनिधी, वडा अध्यक्ष, राजनितिक दलका व्यक्ति, शिक्षकशिक्षिका, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।