देवचुलीमा तिन सहकारीवीच एकिकरण साथै किसानको १४औँ सेवाकेन्द्र उद्घाटन शनिबार सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले गर्नुभएको थियो भने सह अध्यक्षतामा दिवज्योति सेवाकेन्द्र संयोजक तथा साविक देवज्योति कृषि सहकारी संस्थाका अध्यक्ष खगराज कण्डेल, साविक किर्तिपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नौला सिं सुनारी रहनुभएको थियो ।
त्यस्तै प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो भने विशिष्ट अतिथीको रुपमा देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारी, देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, देवचुली नगरपालिका सहकारी विभाग प्रमुख जिवलाल श्रेष्ठ रहनुभएको थियो । किसान बचत तथा ऋण सहकारी संस्थाले १७ वटा बचत सेवाहरु गर्दै आएको छ भने जेष्ठ नागरिक बचत सम्मान कार्यक्रम ,एकल महिला सम्मान कार्यक्रम, प्रविमिुलक सेवाहरु समेत प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएको श्रेष्ठले किसान बचत तथा ऋण सहकारी संस्था नेपालकै एक सर्वेउत्कृष्ट संस्थाको रुपमा मात्र नभई देवचुली नगरपालिकाको पनि उत्कृष्ट संस्था रहेको बताउदै अबको दिनहरुमा सेवाग्राहीहरुलाई थप सेवासुविधा र नयाँ खालका निती नियमको हितमा रही काम गर्नेछ भन्दै शुभकामना दिनुभयो । किसान बचत तथा ऋण सहकारी संस्था २०५२ सालमा स्थापना भए दिन देखि नै किसानको शान, एकिकृत सहकारी सेवाको अभियान भन्ने मुल मन्त्रका साथ सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रदान गर्ने गुणस्तरीय सेवा, सामाजिक दायित्व,दिगो विकास लक्ष्य अगाडी बढेको छ ।
शनिबारको कार्यक्रममा देवज्योति कृषि सहकारी संस्था लिमिटेड, किर्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड विच एकिकरण भएको छ । एकिकरण प्रस्चात कार्यक्रममा बोल्दै किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले अवको लगानी भनेको १ करोड र तिन संस्थाहरुमा गरि ५३ हजार सदस्यहरु रहेकोे बताउदै नवलपुर देखि चितवनका आसपासमा अवस्थित किसान बचत तथा ऋण सहकारी संस्थाले आफनो धेरै सेवाकेन्द्रहरु सुभारम्भ गरेको छ भने देवचुली नगरपालिका भित्र संस्थाको सुभारम्भ गर्ने पाउदा खुसी व्यक्त गर्नुभएको थियो ।
उहाँले देवचुलीका बासीन्दाहरुलाई आच नआउने र सबैले विश्वासको सहकारी साकोस बनेर सेवा सुविधामा किसान साकोस, देवज्याति कृषि साकोस, किर्तिपुर साकोसले थप सेवा दिएर एक इमान्दारीता देखाउनेमा प्रतिवद्धता गर्नुभयो ।
हरुलाई सम्मान