देवचुली,
मातृभुमी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १५ औँ वार्षिक साधारण सभा शनिबार देवचुली १३ कुमारवर्ती विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । वि.स २०६१ सालमा स्थापना भएको संस्था हाल सम्म कार्यरत यस समितिले करिब २२ लाख ४५ हजार ९ सय ६१ रुपैँयाको आयव्याय साधारण सभामा समुहका लेखा संयोजक गोविन्द प्रसाद खनालले प्रस्तुत गनुभएको थियो ।
कार्यक्रममा मातृभुमी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठ रहनुभएको थियो । यस्तै विशिष्ट अतिथीका रुपमा देवचुली नगरपालिकाका प्रभक्ता एवम् वडा नं १३ का वडा अध्यक्ष क्यापटेन डिल बहादुर खत्री रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले देवचुली नगरपालिका भित्र रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनलाई आगामी दिनमा पर्यटन प्रर्बद्धन गर्ने, वन्यजन्तुलाई संरक्षण गर्ने, वनमा रहेका काठदाउरालाई नियन्त्रण गर्ने तर्फ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभएको थियो ।
कार्यक्रममा मातृभुमी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा पुर्व अध्यक्ष पदमा रहनुभएका स्व. हरि भक्त अधिकारी र धन राज अधिकारीलाई सम्मान गरिएको थियो भने मातृभुमी मध्यवर्ती सामुदायिक समितिमा संयोजकमा रहि मेकजाली समयमा निर्माण कार्य सम्पन्न गर्नुभएका देवचुली १३ का भीम प्रसाद पोख्रेललाई दोसल्ला र प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो । यस्तै शिसवार व्यवस्थापनको लागि आर्थिक सहयोग गर्ने संस्था वन तथा वातावरण संरक्षण संस्था कावसोती र देवचुली नगरपालिकालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रभक्ता एवम् वडा नं १३ का वडा अध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले “हरियो वन नेपालको धन ” भन्ने मन्त्रलाई सबैले प्रयोग गरि प्रर्बद्धन गर्न आवश्यक रहेको बताउदैँ देवचुली नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यहरुलाई संरक्षण गर्न सबै मिली अगाडि बढनुपर्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलले हाल सम्म ३६० सेयर सदस्य रहेको बताउदैँ आगामी दिनमा नयाँ कार्ययोजना स्विकृत गराउने, २०७६ ०७७ को काठ, दाउरा, कटान गरि उपभोक्तालाई वितरण गर्ने, घाँसे मैदान व्यवस्थापन गर्ने, संरक्षण शिक्षा गोष्ठी गर्ने, ग्याविन जाली निर्माण गर्ने, पर्या पर्यटनको विकासको लागि पर्यटकीय क्रियाकलापहरुलाई अगाडि बढाउने बताउनुभएको थियो ।