नारायणी नदि किनारमा चल्ने तेस्रो गैँडाकोट महोत्तसवको तयारी धमाधम भैरहेको छ । आफ्नै गौरव आफ्नै उत्सव, समग्र सम्वृद्धिका लागि गैंडाकोट महोत्सव भन्ने मुल नाराका साथ यहि माघ १५ गतेबाट महोत्सव सञ्चालन हुन लागेको हो । अहिले नारायणी नदिकिनार गैँडाकोट २ मा स्टल निर्माणको काम चलिरहेको जिल्ला उद्योग बाणिज्य संघ नवलपरासी बर्दघाट सुस्तापूर्वका अध्यक्ष अमृत भट्चनले जानकारी दिनु भयो ।
माघ २६ गतेसम्म हुने तेस्रो गैंडाकोट महोत्सव २०७६ मा स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धन गर्न महोत्सव गर्न लागिएको भट्चनले बताउनु भयो । महोत्सवमा ३ सय ५० स्टल रहनेछन् । स्थानिय उत्पादन विशेष गरेर कृषिलाई प्रमुख प्राथमिकतामा राखिएको र स्टल निशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
महोत्सवबारे जानकारी गराउँदै महोत्सवका सचिवालय प्रमुख एवम् संघका महासचिव छवि कंडेलले डेढ करोेडभन्दा वढि खर्चको अनुमान गरिएको बताउनुभयो । उहाँले महोत्सवमा ३५० स्टल रहने जनाउँदै स्थानीय उत्पादनलाई निःशुल्क स्टल प्रदान गरिने समेत बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उहाँको भनाई छ । यसपटक महोत्सवमा बुर्ज अल अरब दुवई ९सेल्फी जोन० र लण्डन ब्रिज आकारको कलात्मक प्रवेश द्धार हुने उहाँले बताउनुभयो ।
महोत्सवमा ५० रुपैयाँको टिकटको व्यवस्था गरिने उहाँको भनाई छ । समूह र विद्यार्थीलाई केही छुट सहितको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक एवं संघका कोषाध्यक्ष शालिकराम सापकोटाले विभिन्न २२ वटा उपसमिति गठन गरी काम अघि बढाइएको बताउनुभयो ।
गैंडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा बाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य राखी महोत्सव हुन लागेको हो ।