देवचुली, माघ १०
अहिलेको आधुनिक युगमा देश विकासको ठुलो आधार भनेको शिक्षा नै रहेको पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शुक्रबार भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा प्रचण्डले सो कुरा बताएका हुन । स्वर्ण महोत्सवको प्रमुख आतिथ्तयता ग्रहण गर्न देवचुली आएका प्रचण्डले आँफु भुमिगत हुँदा देवचुलीमा समय बिताएको स्मरण गर्दै काठमाडौंबाट मोफसलमा रहेको विद्यालयले राष्ट्रिय स्तरका मेधावी विद्यार्थी उत्पादन गरेकोमा खुसी व्यक्त गरे । प्रचण्डले स्वर्ण महोत्सव समारोहमा ४ कोठे भवन, स्विमिङ्ग पुल, स्वर्ण स्तम्भको शिलान्यास समेत गरे ।
जब सम्म सामुदायिक विद्यालयहरु स्तरीय बन्दैनन् त्यहाँको भौतिक पुर्वधार र शैक्षिक गुणस्तर राम्रो नहुने बताउदै देशमा शिक्षामा सुधार सम्भव नभएको र देश विकासको सबै भन्दा ठुलो आधार भनेको शिक्षा रहेको बताएका हुन । संसारका विकासित देशमा पनि सबै भन्दा ठुलो प्राथामिकता शिक्षा रहेको र जब सम्म शिक्षामा सुधार हुदैन, शिक्षामा गुणस्तरीय कायम हुदैन तब सम्म विकासको कुरा सपनामा मात्र सिमित रहने बताएका थिए । अहिलेको आधुनिक युगमा शिक्षाको विकासद्धारा मात्रै शिक्षा विकासको नयाँ युग निर्माण गर्न सकिने र अनुशासित, मेहेनती विद्यार्थीबाट नै भोलिको नेपाललाई सम्बृद्धि नेपाल र एउटा समुन्नत मुलक बनाउन सकिने बताएका हुन् ।
देवचुली नगरपालिका भित्र रहेको भीमसेन आदर्श नमुना विद्यालयले शैक्षिक गुणस्तरलाई अब्बल राख्न सबै शिक्षक र पदाधिकारहरुको साझा प्रयासले सम्भव भएको बताउदै विद्यालयको शैक्षिक विकासका लागि आँफुल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले देवचुली नगरपालिका भित्र रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव सव्य र भव्य तरिकाले सम्पन्न गरेको र सम्पन्न गर्नमा सहयोग पु¥याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विद्यालयको ४ कोठे भवन, स्विमिङ्ग पुल, स्वर्ण स्तम्भको शिलान्यास कार्यक्रममा पुर्व प्रधानमन्त्री एव्म कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधी सभा सदस्य तिलक महत, संघिय व्यवस्थापिका सांसद सत्यनारायण खनाल, प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, विष्णु लामिछाने लगायत विभिन्न राजनितिक दलका व्यक्तिको उपस्थिती रहेको थियो ।