देवचुली,
यतिबेला ह्विलचियर, ट्राईसाईकल पाए पछि भने छुट्टै चमक आएको छ देवचुलीका अपाङ्गता ब्यक्तिहरुको मुहारमा । राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगर काठमाडौंको बिशेष सहयोग र जेसिस देवचुली, देवचुली नगरपालिका वडा नं ७ को सहयोगमा देवचुलीका अपाङ्गता ब्यक्तिहरुलाई निशुल्क सामाग्री सहयोग सोमबार वितरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भुपराज पाठकले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती रहनुभएका श्रेष्ठले समाजको हितको लागि जुन किसिमको योगदान यस संस्थाले गरेको छ यो निकै नै शरहणीय रहेको बताउदै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
हिवलचियर पाईसके पछि आफुहरूलाई यात्रा गर्न निकै सहज हुने भएको देवचुली ८ का प्रेमलाल वि।ले बताए ।
यस्तै अर्का गंगा बहादुर फालले पढने रहर हुदाँ समेत हिवलचियर नहुदाँ बिद्यालय जान नपाएको दुख व्यक्त गर्दै अब भने पढ्न जान पाउने भएकोमा खुसी देखिएका थिए ।
गाँउघरमा रोधी गित गाएर रमाईलो गर्दा आफु जान नपाउँदा निकै खिन्न लाग्थ्यो अब ह्विलचियर पाए पछि भने आफु तन्नेरी भएको महशुस भएको अर्की बुढी आमा घुमीसरा फालले हाँस्दै बताउनुभयो ।
ह्विलचियरले अपाङ्ग भएका हामीलाई कतै जान पनि सजिलो हुनेभएको र जुन सहयोग गर्नुभएको छ आगामी दिनहरूमा पनि अपाङ्गता ब्यक्तिहरूलाई टोइलट,कान नसुन्नेलाई हेडफोन जस्ता सामाग्री वितरण गर्यो भने थप उर्जा मिल्ने र सक्षम हुने बताउनुभएको थियो ।
यस्तै राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले वि।स २००६ सालमा स्थापना भएको यस संस्थाले अपाङ्गता भएका ब्यक्तिहरूलाई हाल सम्म १७ हजार हिवलचियर सहयोग गरिसकेको बताउदै रू ५ लाख बराबरको ह्विलचियर ११ जना अपाङ्गता ब्यक्तिहरूलाई वितरण गरिएको बताउनुभयो । यसरी अपाङ्गता ब्यक्तिहरूलाई सहयोग गर्दा खुसी लाग्ने र आगामी दिनमा पनि गर्दै जाने भट्टराईले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै देवचुली नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पाठकले वडामा रहेका अपाङ्ग ब्यक्तिहरूलाई आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनुभएको थियो ।
कार्यक्रममा ५ वटा ट्राइसाइकल , ६ वटा ह्विलचियर गरि ११ जना अपाङ्ग ब्यक्तिहरूलाई सहयोग गरिएको थियो कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष,वडा सदस्य, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।